छिमेकका समाचार

मध्यपहाडी लोकमार्ग हुँदै घुम्टे पुग्न डाँडैडाँडा पर्यटन पदमार्ग निर्माण

कौरव खत्री
बागलुङ, ६ साउन । बागलुङको धार्मिक तथा पर्यटकीय गन्तव्य घुम्टे जोडन पर्यटन पदमार्ग निर्माण गरिएको छ ।

गलकोट नगरपालिका ७ मल्म स्थित डेढ किलोमिटरको पदमार्ग निर्माण भएको छ । दरमखोलाको भीमसेन ढुङगा देखि आँगखेत, सिरबारे, मल्मडाँडा भल्साङ राम्चेढुङगा, अजिराखर्क, तुलसी मैरा, सानो घुम्टे हुँदै घुम्टे सम्म उक्त पर्यटन पदमार्ग निर्माण गर्ने लक्ष्य अनुरुप पहिलो चरणमा निर्माण कार्य सम्पन्न भएको पर्यटन पदमार्ग निर्माण उपभोक्ता समिति खण्ड (क) का अध्यक्ष रुद्र केसीले जानकारी दिए ।

पर्यटनको सम्भावना नै सम्भावनाले भरिएको घुम्टे लेकमा सहज रुपमा आवात जावत गर्नका लागि पदमार्ग कार्यलाई तिव्रता दिईएको अध्यक्ष केसीले बताए । साथै उनले भने, “सरकारसँग समन्वय गरेर विकास निर्माणलाई थप अगाडी बढाउने लक्ष्य अनुरुप काम अगाडी बढिरहेको छ ।” गण्डकी प्रदेश सरकारको बजेट २० लाख रुपैँयाको लागतमा पदमार्गको पहिलो चरण अन्तर्गतको काम सम्पन्न गरिएको हो ।
ढुङगाको सिँढी सहितको पदमार्गले आन्तरिक तथा बाह्य पर्यटकलाई घुम्टे पुग्न सहजता प्रदान गर्ने योजनालाई अगाडी बढाईएको पर्यटन पदमार्ग निर्माण उपभोक्ता समिति खण्ड ख का अध्यक्ष राम बहादुर विश्वकर्माले जानकारी दिए । पञ्चवर्षे योजना निर्माण गरेर बाँकी कामलाई तदारुकताका साथ अगाडी बढाईने अध्यक्ष विश्वकर्माले बताए ।

घुम्टे प्राकृतिक, जैविक अनि मनोरम सुन्दर घुम्टे पर्यटनको प्रचुर संम्भावना बोकेको क्षेत्र भएकोले यसलाई विशेष प्राथमिकतामा राखेर गण्डकी प्रदेश सरकारले पर्यटन पदमार्ग निर्माण अगाडी बढाएको भु तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतका वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत कृष्ण प्रसाद घिमिरेले जानकारी दिए । पर्यटकहरु बढि पैदल यात्रा गर्न रुचाउने भएकोले सरकारले पर्यटन पदमार्ग निर्माणमा जोड दिएको वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत घिमिरेले बताए ।

पहिलो चरण अन्तर्गत मध्यपहाडी लोकमार्गको आँगखेत देखि तल्लो सिरबारे सम्म र अजिराखर्क देखि तुलसी मैरा सम्म झण्डै डेढ किलोमिटर पदमार्ग निर्माण सम्पन्न भएको छ । यो पदमार्ग डाडैडाँडाबाट निर्माण गर्न लागिएकोले यसको छुट्टै महत्व रहने गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले बताउदै पदमार्ग निर्माण भएपछि यात्रा अवधिभर डाँडाकाडाको मनोरम दृश्य हिम श्रृङखलाहरु, वन जंगल बस्तीको दृश्यावलोकन सककगै पर्यटकले आनन्द लिन सक्ने वडा अध्यक्ष थापाले बताए ।

पदमार्ग निर्माण पश्चात मध्यपहाडी लोकमार्गबाट घुम्टेसम्म झण्डै ३ घण्टाको पैदल यात्रामा पुग्न सकिने छ । गण्डकी प्रदेश सरकार, गलकोट नगरपालिका र ताराखोला गाउपालिकाले घुम्टेमा पर्यटन विकासको निमित्त विकास निर्माणका पुर्वाधारहरुलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको छन । यतिबेला निर्माण हुने यस पदमार्गको यात्राको क्रममा गलकोट क्षेत्रको मनोरम दृश्य सँगै छिमेकी जिल्ला गुल्मीको पनि दृश्यावलोकन गर्न सकिने छ ।

घुम्टेमा विभिन्न प्रजातीका लालीगुँरास, जडीबुटी, चराचुरुङगी, जनावर लगायत पाईन्छन । त्यँहाबाट नेपालका विभिन्न शहरहरु, हिमश्रृङखलाहरुको दृश्यावलोकन गर्न सकिने हुदा प्रकृतिको मनोरम आनन्द लिन आन्तरिक तथा बाह्य पर्यटकहरु घुम्टे जाने गर्दछन । घुम्टेमा प्रसिद्व सिद्व भैरवको मन्दिर रहेकोले अहिले मन्दिरको पुन निर्माण गरेर थप व्यस्थित र आकर्षक बनाईएको गलकोट घुम्टे पर्यटन विकास केन्द्रका अध्यक्ष झंक बहादुर बस्नेतले जानकारी दिए ।

घुम्टेमा व्यवस्थित रेलिङयुक्त सेलेट ढुङगे पदमार्ग समेत निर्माण भईसकेको र उज्यालोका निम्ति सोलार बत्ती जडान गरिएको छ भनें त्यहा पुग्ने श्रद्धालु भक्तजन र पर्यटकको लागि आवास गृह पौवा निर्माण गरिएको छ । प्रत्येक वर्ष वैशाख पुर्णिमामा भव्य मेला लाग्ने गर्दछ । घुम्टे पुग्न पाण्डवखानीको सिद्वथान, हरिचौरको टेउवा, ताराखोला गाँउपालिकाको हिलदेखि पनि पर्यटन पदमार्ग निर्माण कार्य अगाडी बढाईएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D