मनोरन्जन

भिडियो: सन्तु थापा र मन्जु पौडेलको “तीज ब्याटल” सार्वजनिक

सन्जु काउछा
जुलाई १५ । गायक सन्तु थापा र गायिका मन्जु पौडेलको नयाँ गीत तीज ब्याटल सार्वजनिक भएको छ । नेपाली लोकसंगितमा दिनप्रतिदिन चर्चा कमाईरहेका यि जोडीको नयाँ शैलीको तीज गीत “तीज ब्याटल” सार्वजनिक भएको हो ।

गुल्मी रेसुङ्गा म्युजिक प्रालिको प्रस्तुती रहेको गीत गायक थापाको आफ्नै आधीकारीक युट्युब च्यानल मार्फत सोमबार बेलुका देखी बजारमा आएको हो ।

दिग्गज द्यौरालीको शब्द रहेको गीतको लय संकलन भने गायक थापाले नै गरेका छन् ।

कृष्ण बि.क. “भान्जा” ले एरेन्ज गरेको गीतमा मिक्सिङ भने श्यामश्वेत रसाईलीले गरेका छन् । गीतको भिडियो पनि उत्कृष्ट बनेको छ । सन्तु थापा आफैले निर्देशन भिडियो करण चैसिरले खिचेका हुन् ।

उत्तम कुमार कार्कीको डिजाईन रहेको भिडियोको सम्पादन प्रबिन भट्टले गरेका छन्। बिपी फिल्म्स नेपालले दृष्‍य निर्माण गरेको गायक थापाले बताए ।

झन्डै १० वर्षदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय रहंदै आएका गुल्मेली गायक सन्तुले अहिलेसम्म झण्डै २ दर्जन बढी गीत सार्वजनिक गरिसकेका छन् । उनले परम्परागत झ्याउरे, रोइला, कौडा, सोरठीदेखि लोकदोहोरी, तीजगीत, लोकपप र आधुनिक गीत समेतमा आफ्नो आवाज भरिसकेका छन् । केही समय पहिला मात्र थापाको बिदेशिएका युवाको मर्म बोकेको “प्रदेशीको पिडा” सार्वजनिक भएको थियो भने त्यस लगत्तै थापाको गुल्मी चिनारी गीत “गुल्मेली ठिटो” बजारमा आएको थियो ।

आफ्ना केहि गीतहरुको म्युजिक भिडियो आफैले निर्देशन गरेका उनले एक झ्याउरे गीतमा आफै अभिनय पनि गरेका छन् । सांगीतिक यात्राकै शिलशिलामा युके, दुबई, मलेसिया, थाईल्याण्डसम्म पुगेका सन्तुले भारतका र नेपालका विभिन्न ठाउंमा त थुप्रै कार्यक्रमहरु गरिसकेका छन् । यतिबेला कार्यक्रमको लागि युरोप यात्रामा रहेका गायक थापाले नेदरल्याण्ड र बेल्जियममा कार्यक्रम गरेसकेका छन् भने यही जुलाई २१ मा चेक रिपब्लिकमा र जुलाई २२ मा स्पेनको बार्सिलोनामा आफ्नो सांगितिक कार्यक्रममा रहेको थापाले गुल्मीन्युज डट कमलाई बताएका छन् ।

हेर्नुस् भिडियो:

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D