मनोरन्जन

बैकुण्ठ रायमाझिको कोरोना सचेतना सम्बन्धी गीत “लकडाउन नगरौँ….” सार्वजनिक (भिडियो सहित)

सन्जु काउछा
असोज ०७ । कोरोनाको महामारीको बिचमा “लक डाउन नगरौं…” बोलको जनचेतनामुलक गीत सार्वजनिक भएको छ । कोरोनाको त्राससँगै लकडाउनले सम्पूर्ण नेपालीहरुलाई थप मर्कामा पारीरहेको बेला लोकगायक बैकुण्ठ रायमाझिको शब्द र संगितमा “लक डाउन नगरौं…” गीत सार्वजनिक भएको हो ।

चर्चित लोक दोहोरी गायक गायिका रामचन्द्र चन्द र कालिका रोकाको स्वरमा गीत सेरोफेरो नेपाल नामक युटुब च्यानलबाट सार्वजनिक भएको हो । गायक चन्दकै संगित संयोजन रहेको गीत मालिका रेकर्डिङ स्टुडियो मार्फत रेकर्ड भएको हो । हुम गैरेको निर्देशन र सम्पादन गितको भिडियो पनि उत्कृष्ट बनेको छ । भिडियोको छाँयाङ्कन बसन्त महर्जनले गरेका छन् ।

सर्जक रायमाझीले आफुले गीत मार्फत कोरोनाको त्रास जती बढी भए पनि लकडाउन कोरोनाको दिर्घकालिन समाधान हैन भन्दै सरकारलाई लकडाउन नगरन अनुरोध गरेका छन् । आफुले गीत मार्फत सबै जना आ-आफ्नो ठाउँबाट संयमित हुँदै खानपानमा ध्यान दिएर इम्युन सिस्टम बलियो गराउन सके कोरोना सजिलै जित्न सकिन्छ भन्ने सन्देश दिन खोजेको सर्जक रायमाझीले गुल्मीन्युज डट कमलाई बताए ।

गुल्मीको मुसिकोटमा जन्मिएका गायक रायमाझी बिगत केही बर्ष देखी बिदेशी भुमिमा रहेपनी गीत संगितलाई निरन्तरता दिँदै आएका छन् ।

हेरौँ भिडियो:

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D