छिमेकका समाचार

बर्षाले जमिन भासिँदा घर भत्कियो, ८ जनाको परिवार बिचल्लीमा

ईन्द्र थापा मगर
म्याग्दी, १४ साउन । म्याग्दी जिल्लाको बेनी नगरपालिका ६ छापामा भारी बर्षा पछि जमिन भासिँदा एक घर क्षतीग्रस्त बनेको छ । बर्षा संगै घर आस पासको जमिन भासिए पछि चर्किएको घर लगातारको बर्षाले रमेश बानियाँको घर पूर्ण रुपमा क्षतीग्रस्त बनेको हो । बेनी– छापा– ठुलोखोला सडकखण्ड मर्मत तथा खेतको बीचमा भएकाले पनि जमिन मुनीको पानीले भत्किएको स्थानीय बिशाल खत्रीले बताए । घर भत्किए पछि आफन्तकोमा बस्नुभएको छ राहतका लागि पहल भइरहेको छ खत्रीले भने ।

बागेश्वरी आधारभुत विद्यालयको नजिक रहेको घर आस पासको जमिन भासिए पछि चर्किएको अवस्थामा घरबाट निस्किएकाले मानवीय क्षती नभएको स्थानीयले बताए । बर्षा संगै चर्किएको अवस्थामा रहेको घर गत साउन ११ गते भत्किएको थियो । पीडित बानियाँले जमिन भासिएकाले घर भत्किएको बताए । “सहयोग खोजी रहेको छु वडा र नगरपालिकालाई जानकारी गराएको छु”, बानियाँले भने । रातिको समयमा घरको एका पट्टीको भाग भासिए पछि बानियाँको परिवार घरबाट बाहिर निस्किएका थिए ।

वडा नगरपालिका र जिल्ला प्रशासनबाट प्राप्त हुने राहतले पुन निर्माणमा नपुग्ने बताए । उनका अनुसार घर भत्किदाँ करिव १५ लाख क्षती भएको छ । घर भित्र रहेका सामान बाहिर निकाले पनि केही समान भित्रै रहेको अवस्थामा घर भत्किएको बानियाँले बताए । घर भत्किदा बानियाँको ८ जनाको परिवार बिचल्ली बनेको छ । उनले राहतका लागि स्वदेश तथा विदेशमा रहेका छापा बासीलाई अनुरोध गरेका छन् ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D