gulminews logo
शनिबार, २०७९ असार १८

बंदेलद्धारा इस्मा र मुसिकोटमा २२ रोपनीमा लगाएको मकै ध्वस्त

टोपलाल अर्याल
गुल्मी, ९ असार । गुल्मीमा बंदेलले मकै खान थालेपछि किसान चिन्तामा परेका छन् । जिल्लाका विभिन्न स्थानमा पछिल्लो तीन–चार बर्षदेखि बंदेल आतंक बढेको छ । किसानले स्याहार्न थालेको मकै रातमा खान थालेपछि किसान हैरान भएका छन् ।

केहि बर्ष पहिलेसम्म बाँदर, ढेडुवा, दुम्सीबाट किसान पीडित थिए । अहिले बदेलले झन ठुलो क्षति गर्न थालेको छ । एकै ठाउँ बसेर एक पटकमा १५÷२० वटा मकै खान खाने गरेको मुसिकोट नगरपालिका १ का बंदेल पीडित कृषक कृष्ण थापाले गुनासो गरे । मकैका दाना सुरु भएदेखि पाक्ने बेलासम्म जंगली जनावरबाट बचाउन किसानलाई मुस्किल पर्छ ।

बंदेलले मकै खानेदेखि धपाउनेहरुलाई आक्रमण समेत गर्ने गरेको छ । मुसिकोट १ र इस्मा ४ को संगममा पर्ने निस्ती खोला किनारका ६ जना किसानले लगाएको मकै खेती ध्वस्त बनाएको छ । इस्मा ४ का ओम बहादुर कुवंरको तीन रोपनी, गुमानसिंह अधिकारीको पाँच रोपनी, पोम बहादुर बहराईको दुई रोपनी र मुसिकोट नगरपालिका १ का कृष्ण थापाको पाँच, तारा थापाको तीन र लिल बहादुर नेपालीको चार रोपनीमा लगाएको मकै बंदेलले नष्ट गरेको अगुवा कृषक ओम बहादुर कुवंरले जानकारी दिए । उनका अनुसार रातमा धेरै बंदेलले एकैसाथ मकै खाएर ठुलो क्षति गर्ने गरेको छ ।

गाउँमा अरु धेरै किसानको बालीमा क्षति गरेपनि ६ जनाको अधिकांश मकै नष्ट गरेको छ । ‘गत बर्ष बंदेलले खान नदिएपछि खेत बाँझै राखेँ । अहिले मनले नमानेर फेरि रोपेको स्याहार्न नपर्ने गरेर खायो,’उनले भने,‘दिउँसोमा आउँदैन, रातमा कसरी बारी पस्ने उस्तै परेर आक्रमण गर्छ ।’ खेती गरेर खान नपाउने भएपछि किसानले बिकल्प दिन सरकारसंग माग गरे ।

यो पनि पढ्नुस्

सरकारदेखि जंगली जनावर र मनसुनबाट किसान पीडित, जिल्ला सभामा ध्यानाकर्षण गराउँदै स्थानीय सरकार प्रमुख

टोपलाल अर्यालगुल्मी, १६ असार । किसान मानो रोपेर मुरी फलाउने आशाका साथ खेतबारीमा व्यस्त छन्

चन्द्रकोट गाउँपालिकाद्धारा स्मार्ट कृषि कार्यक्रम अन्तर्गत कृषि सामाग्री वितरण

महेश बोहरागुल्मी, जेठ १३ । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले स्मार्ट कृषि कार्यक्रम अन्तर्गत कृषकहरुलाई कृषि

पछिल्ला अप्डेट

सिफारिस

इतिहासको साँक्षी भार्सेको गोर्खा ग्यालरी, भिक्टोरिया क्रस पाउने रानादेखि भारतमा नेपाली पहिलो कर्णेल बुढाथोकी

टोपलाल अर्यालगुल्मी, ६ जेठ । नेपालका बिरलै गाउँ मध्येको भार्से गाउँ हो । जहाँ समुदाय

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D