छिमेकका समाचारसमाचार

पहिरो झरेर बडिगाड खोला थुनियो, सतर्कताको लागि सुचना बाँड्न अनुरोध

सन्जु काउछा
बाग्लुङको भिमगिठेमा ठुलो पहिरो जाँदा बडिगाड खोला थुनिएको छ । शुक्रबार राती करिब १२ बजे देखि बाग्लुङ्गको भिमगिठे र बुर्तिबाङकाे सिमानामा ठुलो झरेको पहिरोले बडिगाड खोला थुनिएको छ ।पहिरोको कारण थुनिएको खोला यो समाचार तयार पार्दा सम्म अर्थात शनिबार बिहान ३:२० सम्म पनि खुलेको छैन ।

यसरी बडीगाड खोला थुनिएपछी त्यस देखी तलको भाग भिङगिठे बजार, खाल बजार, खारबजार र खर्बाङ बजार देखी रुद्रबेणी सम्मकाते तटीय भाग जोखिममा परेको छ । खोला थुनिँदा ठुलो ताल परेको हुन सक्ने र त्यो जतिबेला पनि फुट्न सक्ने भन्दै बडिगाड खोला आसपासमा रहनेहरुलाई उच्च सर्तकता अपनाउन मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले अनुरोध गर्नुभएको नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुषालले जानकारी दिए । त्यस्तै जिल्ला प्रहरी कार्यालय गुल्मीले पनि सबैलाई सक्दो जानकारी दिई बेलैमा सचेत गराउन अनुरोध गरेको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D