gulminews logo
शनिबार, २०७९ जेष्ठ १४

पहिरो खस्दा गुल्मीमा सडक अवरुद्ध

गुल्मी, पुष २० । नेपाली सेनाले निर्माण गरिरहेको कालीगण्डकी करिडोरमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। कालीगण्डकी गाउँपालिका–२ अर्बेनी पुर्तिघाट सडकखण्डको राक्सेमा माथिबाट ठूलो पहिरो खस्दा केहीबेर सडक अवरुद्ध भएको नेपाली सेना हर्मिचौरले जनाएको छ।

अहिले एकतर्फी रूपमा सडक संचालनमा आएको र पहिरो पन्छाउने कार्य जारी रहेको नेपाली सेना हर्मिचौरले जनाएको छ। पहिरोका कारण बुटबलदेखि बाग्लुङ कुस्मीसेरासम्म जाने र कालीगण्डकी गाउँपालिकाको केन्द्र पुर्तिघाटसम्म ओहोर दोहोर गर्ने यात्रुलाई सास्ती भएको छ।

सडक खुलाउनका लागि डोजर लगाइएको र साँझसम्म पूर्णरूपमा सडक संचालनमा आउने सडक निर्माण कार्यदल नेपाली सेना हर्मिचौरले जनाएको छ।

यो पनि पढ्नुस्

चन्द्रकोट गाउँपालिकाद्धारा स्मार्ट कृषि कार्यक्रम अन्तर्गत कृषि सामाग्री वितरण

महेश बोहरागुल्मी, जेठ १३ । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले स्मार्ट कृषि कार्यक्रम अन्तर्गत कृषकहरुलाई कृषि

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D