प्रविधी

नेपाल टेलिकमले गुल्मीमा सेवा बिस्तार गर्दै, १२ वटा नयाँ टावर थपिँदै

अनिल खत्री
१३ पुस, गुल्मी । गुल्मीमा नेपाल टेलिकमले सेवा बिस्तार गरेको छ । जिल्लाको गुल्मी दरवार गाउँपालिका वडा नम्बर १ का बिभिन्न स्थान, रेसुङ्गा नगरपालिका केहि स्थानाहरु, चन्द्रकोट गाउँपालिका केहि सिमानाका स्थानहरु र मुसिकोट नगरपालिका केहि वडाहरुमा पर्ने गरि सेवा बिस्तार गरेको हो ।

टेलिकमले जिल्लाको गुल्मी दरवार गाउँपालिकाको वलिथुममा नयाँ टावर निर्माण गरेको थियो । टावर सञ्चालनमा आएपछि त्यस स्थान वरिपारिका स्थानियले नेपाल टेलिकमको थ्रि जि नेटवर्क सहितको जिएसएम मोवाइल नेटवर्क सेवा पाएका हुन् । सेवा सुरु भएपछि स्थानियले खुसि भएका छन् ।

यस अघि रातामाटा, पराल्मी, तल्लाफाँट, तुराङमा सामान्य रुपमा काम गर्दै आएको थियो । नेपाल टेलिकमको सेवा नहुँदा त्यसस्थानका स्थानियले अन्य सेवा मार्फत प्रयोग गर्न बाध्य थिए ।

गुल्मी जिल्लाका सबै नगरपालिका, गाउँपालिकाहरुमा नेपाल टेलिकमको नेटवर्कले काम गरेपनि सानो बस्ती र भित्री स्थानहरुमा अझैपनि काम नगर्ने स्थानहरु रहेको नेपाल टेलिकम गुल्मी शाखा प्रमुख रुकमांगत सापकोटाले बताए जिल्लाको स्मागाउँपालिकाको अम्मपुरमा केहि दिनमै नयाँ सेवा बिस्तार गर्ने तयारी रहेको सापकोटाले बताए ।

जिल्लामा अझै केहि स्थानहरुमा राम्रोसँग काम नगर्ने स्थानहरु रहेकाले १२ वटा नयाँ टावरहरु थपेर सेवालाई प्रभावकारी बनाइने तयारी रहेको बताए । नयाँ थप सेवा पनि यसै वर्ष भित्र पुरा हुँने सापकोटाको भनाई छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D