कृषी

धुर्कोटमा व्यवसायीक तरकारी खेतीको अनुगमन

रमेश विश्वकर्मा
गुल्मी, जेठ २४ । गुल्मीको धुर्कोट गाउँपालिमा संयुक्त रुपमा गरिएको व्यवसायीक तरकारी खेतिको अनुगमन गरिएको छ ।

धुर्कोट गाउँपालिकामा रहेका ५ र ६ वडामा गरी एक सय ७५ घरधुरीको सहभागीतामा ७ वटा कृषक समुहमार्फत व्यवसायीक तरकारी खेती शुरु गरिएको हो । जसअन्तर्गत वडा नं ५ मा एक सय घरधुरीको सहभागीतामा चारवटा कृषक समुह निर्माण गरी व्यवसायीक तरकारी खेति शुरु गरिएको छ । वडा नं –६ मा ७५ घरधुरीको सहभागीतामा तीन वटा कृषक समुह मार्फत व्यवसायीक तरकारी खेति शुरु गरिएको साडेक नेपाल गुल्मीका अध्यक्ष महेन्द्र प्रसाद भण्डारीले जानकारी दिए ।

सामाजिक जागरण तथा विकास अभियान (साडेक) नेपाल गुल्मीद्धारा सञ्चालित जलवायु परिवर्तनमैत्रि तथा जल संरक्षण प्रविधि प्रर्वधन मार्फत कृषि सुचना तथा प्रशिक्षण केन्द्रको आर्थिक सहयोगमा यो कार्यक्रम सञ्चालन गरिएको हो । अनुगमनका क्रममा भएको अन्तरक्रिया कार्यक्रममा कृषकहरुले यो कार्यक्रम लागू भएसँगै व्यवसायीक तरकारी खेति गर्नका लागि धेरै मद्दत पुगेको बताएका थिए । तर आफूहरुले उत्पादन गरेका उपजहरुले सजिलै बजार पाउने अवस्था नरेहको गुनाँसो गरेका छन् ।

कृषक गिर बहादुर थापाले सिचांईको अभावका कारण तरकारी खेतीमा समस्या आउने गरेको बताए । उनी भन्छन ‘युवालाई विदेश नपठाउँ,यही कृषि गरौँ, गाई पालौँ, भैसीँ पालौँ, गाउँपालिका भन्छ ।’ यसका लागि गाउँपालिकाले पर्याप्त सहयोग गरी कृषकहरुलाई उकास्नु पर्ने बताए ।

कृषकहरुले अहिले सिमि, काँक्रो, टमाटर, लगायतका तरकारी खेती गरेका छन् । न्यून आय भएका विपन्न वर्गलाई लक्ष्यित गरी यो कार्यक्रम सञ्चालन गरिएको साडेक नेपाल गुल्मीले जनाएको छ ।

धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले कृषिजन्य वस्तुहरुको उत्पादनमा गाउँपालिकालाई आत्मनिर्भर गराउने कार्यक्रमलाई अगाडि बढाएको बताउनुभयो । यसका लागि कृषकहरुलाई प्रविधि तालिम,अनुदान लगायतका कार्यक्रमलाई जोड दिईएको बताए । उनले भने, “कृषकहरुलाई बजारीकरणको समस्या छ । सिचांईको समस्या छ ।” गाउँपालिकाले सुपथ मुल्य पसल गाउँपालिको केन्द्रमा सञ्चालन गर्न लागिएको बताए । यसले कृषकहरुमा थप उत्साह आउने बताए ।

व्यवसायीक तरकारी खेती सञ्चालनका लागि कुल ६२ लाख ८८ हजार ९ सय २६ रुपैयाँ लाग्ने साडेकका अध्यक्ष भण्डारीले बताए । नेपाल कृषि अनुसन्धान केन्द्रबाट पनि रु ४९ लाख ४६ हजार ७ सय १० रुपैँया सहयोग रहेको भण्डारीको भनाई छ ।

व्यवसायीक तरकारी खेतिका लागि कृषकहरुलाई कुलो सुधार कार्यक्रम, प्लास्टिक टनेल, वर्षातको पानी सङकलन् गर्ने प्लास्टिक ड्रम, प्लास्टिक पोखरी, थोपा सिंचाई वितरण प्रणाली, बेमौसमी तरकारी खेति गर्ने तालिम, विभिन्न बेमौसमी तरकारी बिउपल,अर्गानिक मल तयार पार्ने प्लास्टिक ड्रम उपलब्ध गराएको अध्यक्ष भण्डारीले बताए । यो कार्यक्रम ०७५ श्रावण १ देखि लागू भएको छ । भने ०७८ असार मसान्तसम्म चल्ने भण्डारीले जानकारी दिए ।

साडेक नेपाल अध्यक्ष महेन्द्र प्रसाद भण्डारी, धुर्कोट गाउँपालिका अध्यक्ष भूपाल पोखरेल, धुर्कोट गाउँपालिका उपाध्यक्ष शिव बहादुर के.सी, प्रमुख प्रशासकिय अधिकृत काशिराम पन्थी, साडेक गुल्मीका उपाध्यक्ष बिष्णु प्रसाद भण्डारी, कार्यक्रम संयोजक कपिल काफ्ले लगायतको टोलीले अनुगमन गरेको हो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D