gulminews logo
शनिबार, २०७९ असार १८

धुर्कोटको निर्णय: विद्युतीय चुलो र घरको बीमामा छुटदेखि नि:शुल्क आवासीय शिक्षासम्म

हुमाकान्त पोखरेल
गुल्मी, १० जेठ । गुल्मीको धुर्कोट गाउँपालिकाले घरको बीमा र विद्युतिय चुलो खरिदमा छुटदेखि निःशुल्क आवासीय शिक्षासम्मको निर्णय गरेको छ । नवनिर्वाचित गाउँपालिका अध्यक्ष र उपाध्यक्षले सोमबार पदभार ग्रहण गर्दै विद्युतिय चुलो खरिद र घरको बीमा गराउदा ५० प्रतिशत छुट दिने निर्णय गरिएको हो ।

प्राकृतिक विपत्तिबाट हुने आवासको क्षतिलाई राहत उपलब्ध गराउन गराउन घरको बीमा गर्ने व्यवस्था मिलाउने र बीमा बापतको प्रिमियम शुल्कमा ५० प्रतिशत अनुदान गाउँपालिकाले दिने निर्णय गरिएको अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए । ‘प्राकृतिक विपत्तिले विगतमा धेरै घरहरुको क्षति भएको छ, जसलाई बीमामार्फत केही राहत उपलब्ध गराउन सक्छौ ।’ अध्यक्ष पोखरेलले भने, ‘संविधानमा उल्लेख गरिएको आवासको अधिकार गाउँपालिकाले पुरा गर्दैछ ।’

पहिलो बैठकबाट दलित परिवारका छोराछोरीलाई एस.ई.ई. पछिको तीन बर्षे प्राविधिक शिक्षामा १० जना विद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्था गर्ने पनि निर्णय गरिएको छ । विभिन्न कारणले आमा–बुवा नभएको २० जना विद्यार्थीहरुलाई कक्षा १२ सम्म निःशुल्क शिक्षाको व्यवस्था गर्ने निर्णय गरिएको पालिका उपाध्यक्ष सीता गिरीले जानकारी दिइन् ।

यो पनि पढ्नुस्

इस्माको नीति तथा कार्यक्रम, डिजिटल इस्मा, एकल पुरुषलाई भत्ता, चक्रपथ कालोपत्रेदेखि गुरुकुल शिक्षासम्म

टोपलाल अर्यालगुल्मी, ९ गते । इस्मा गाउँपालिका गुल्मीले आर्थिक बर्ष ०७९/०८० को नीति तथा कार्यक्रम

पछिल्ला अप्डेट

सिफारिस

इतिहासको साँक्षी भार्सेको गोर्खा ग्यालरी, भिक्टोरिया क्रस पाउने रानादेखि भारतमा नेपाली पहिलो कर्णेल बुढाथोकी

टोपलाल अर्यालगुल्मी, ६ जेठ । नेपालका बिरलै गाउँ मध्येको भार्से गाउँ हो । जहाँ समुदाय

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D