gulminews logo
मंगलवार, २०८० चैत्र ६

धुर्कोटमा घरको बीमा गरिने

हुमाकान्त पोखरेल
गुल्मी, २३ साउन । गुल्मीको धुर्कोट गाउँपालिकाले घरबीमा कार्यक्रम लागु गर्ने भएको छ । गाउँपालिकाले आइतबार एक सूचना जारी गर्दै प्रत्येक घरको बीमा गर्ने जनाएको हो । बीमा गर्नको लागि गाउँपालिकाले ५० प्रतिशत अनुदान उपलब्ध गराउनेछ । प्रत्येक घरको २२५ रुपँैयामा बीमा गर्ने र त्यसको ५० प्रतिशत गाउँपालिकाले उपलब्ध गराउने अध्यक्ष भूपाल पोखरेलले जानकारी दिए । पालिकाले अनुदान दिदा प्रत्येक घरले अधिकतम पाँच लाखको बीमामा ११२ रुपैँया ५ पैसा प्रिमियम शुल्क तिरे पुग्छ ।

बीमा कार्यक्रममा सहभागी हुन इच्छुक कम्पनीहरुलाई आवेदन दिन गाउँपालिकाले सूचनामार्फत आग्रह गरेको थियो । आवेदन दिएकामध्ये सबैभन्दा कम प्रिमियम शुल्कमा बीमा गर्ने शिखर इन्स्योरेन्सलाई पालिकाले छनोट गरेको प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले जानकारी दिए । शिखर इन्स्योरेन्स, गुल्मीका शाखा प्रमुख रिख बहादुर खत्रीले लघु बीमा निर्देशिका–२०७६ अनुसार कच्ची घरहरुको बीमा गर्न लागिएको जानकारी दिए ।

आगलागीजन्य, हावाजन्य, पानीजन्य, भूमीजन्य, खस्ने वा भासिने, चट्याङ, विष्पोटजन्य, हुलदङ्गा वा विध्वशांत्मक गतिविधिबाट घर क्षति भएमा प्राविधिक मूल्याकंनअनुसार अधिकतम पाँच लाख बीमितले प्राप्त गर्ने खत्रीले बताए । बीमा कामको सुरुवात अबको केही समयमै सुरु गर्ने त्यसको लागि बीमितको लालपुर्जा र नागरिकताको प्रतिलिपि आवश्यक पर्ने खत्रीले बताए । धुर्कोट गाउँपालिकामा कुल पाँच हजार ३६ घरहरु रहेको गाउँपालिकाले जनाएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D