gulminews logo
शुक्रबार, २०८१ बैशाख २१

एमालेबाट निर्वाचित प्रतिनिधिद्धारा कार्यपालिका बैठक बहिष्कार

हुमाकान्त पोखरेल
गुल्मी, ०८ साउन । रुरुक्षेत्र गाउँपालिकामा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले कार्यपालिकाको बैठक बहिष्कार गरेका छन् । मंगलबार तोकिएको कार्यपालिका बैठकमा छलफलमा नराखिएको बिषयलाई लिएर एमालेबाट निर्वाचित कार्यपालिका सदस्यहरुले बैठक बहिष्कार गरेका हुन् । एमालेबाट निर्वाचित जनप्रतिनिधिले शिक्षा समतिलाई टुंगोमा पु¥याउनुपर्ने माग गरेका थिए । तर मंगलबारको बैठकमा उक्त बिषय समावेश थिएन । सोही बिषयलाई लिएर कार्यपालिका सदस्यहरुले बैठक बहिष्कार गरेका हुन् ।

एमालेबाट निर्वाचित वडा नम्बर ४ का वडाध्यक्ष मोति प्रसाद श्रेष्ठले शिक्षा जस्तो महत्वपूर्ण बिषय पनि पालिका अध्यक्षले छलफलको बिषय नबनाएको भन्दै बैठक बहिष्कार गरेको प्रतिक्रिया दिए । उनले शिक्षाको बिषय टुंगाएपछि मात्र अरु एजेण्डामाथि छलफल गर्ने आफुहरुको योजना रहेको बताए । माओवादी केन्द्रबाट निर्वाचित वडा नम्बर ५ का अध्यक्ष समेत रहेका प्रवक्ता हरी प्रसाद ज्ञवालीले अर्को बैठकमा शिक्षा समितिको बिषय छलफल गर्ने कार्यतालिका रहेपनि एमालेले बहुमतको दम्भ देखाएर कार्यपालिका बैठक बहिष्कार गरेको आरोप लगाए । ‘साथिहरुले पार्टीको बहुमतको दम्भ देखाउनुभएको छ ।’ उनले भने, ‘यसले कसैलाई राम्रो गर्दैन ।’ रुरुक्षेत्र गाउँकार्यपालिकामा पालिका अध्यक्ष र ५ नम्बर वडाध्यक्ष गरी माओवादीबाट दुईजना एवम् उपाध्यक्षसहित अन्य सबै प्रतिनिधि एमालेबाट निर्वाचित छन् ।

म्ांगलबारको बैठकमा विद्युत महशुल छुट दिने, टोल विकास संस्था गठन तथा संचालन, मृगौला प्रत्यारोपण, क्यान्सर, मेरुदण्ड र पक्षघातका बिरामीहरुको लागि उपचार खर्च बिनियोजन गर्ने लगायतका २१ बिषय छलफलको लागि राखिएको थियो । तर एजेण्डा पढिसकेपछि एमाले प्रतिनिधिहरुले शिक्षा समितिको बिषय उठाउदैँ बैठक नै बहिष्कार गरेको प्रवक्ता ज्ञवालीले बताए । गाउँपालिका उपाध्यक्ष मीनादेवी गौतमले अध्यक्षले बैठक स्थगित भएको जानकारी नदिदैँ वडाध्यक्ष र कार्यपालिका सदस्य उठेर हिडेको बताईन् । गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले आगामी बैठकमा शिक्षाको बिषय समेट्ने बताएपनि कार्यपालिका सदस्यहरुले नमानेको प्रतिक्रिया दिए । ‘अब अर्को बैठकमा सबै बिषयहरुको बारेमा छलफल हुन्छ ।’ ज्ञवालीले भने, ‘म आफै पनि पहिले विद्यार्थी संगठनमा काम गरेकोले शिक्षासँग सम्बन्धित बिषयमा पूर्ण जानकार छु ।’

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D