मनोरन्जन

तहल्का पिट्दै पशुपती शर्मा र सम्झना भण्डारीको नयाँ गीत “क्यार्न मया मारिचौ……” (भिडियो सहित)

गुल्मीन्युज
काठमाडौं, चैत ३० । पशुपति शर्मासँगको सहकार्यमा गायिका सम्झना भण्डारीको लोकदोहोरी गीत “क्यार्न मया मारिचौ…….” सार्वजनिक भए लगत्तै तहल्का पिटेको छ ।

पछिल्लो समय लोक दोहोरी गितलाई फिल्मी आधुनिक गित भन्दा रुचाइएको अवस्थामा मा एउटा त्यस्तै आशालाग्दो गित पृथ्वी इन्टरटेन्मेन्टको प्रस्तुतीमा बजारमा आएको छ ।

यस गीतमा गायक पशुपति शर्मा र भण्डारीको आवाज रहेको छ । शर्माकै शब्द संगीतमा रहेको गीत पृथ्वी इन्टरटेन्मेन्टकै युटुव च्यानलबाट बजारमा आएको हो । प्रकाश भट्टको निर्देशन रहेको ठट्यौली पाराको उक्त गीतको भिडियोमा गायक शर्मा र गायिका भण्डारीले आफै अभिनय गरेका छन् । राजेश घिमिरेले खिचेको भिडियोलाई बिष्णु शर्माले सम्पादन गरेका छन् ।

गायिका सम्झना भण्डारीको केही समय अगाडि बजारमा आएको “औँठी बेरुवाको” बोलको गीत पनि अहिले चर्चामा रहेको छ । त्यस्तै थुप्रै चर्चित गीतहरु बजारमा ल्याईसकेका गायक पशुपति शर्माको लुट्न सके लुट कान्छा पछिको पहिलो गीत हो यो ।

भिडियो हेर्नुहोस:

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D