छिमेकका समाचार

ढोरपाटनमा आगो लागिबाट ३० घर जलेर नष्ट

बुटवल
मंसिर ९ । ढोरपाटन नगरपालिका वडा नं ९ ढोरपाटन नवी गाउँमा आज विहानपख भीषण आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको । विहानी करिब ३ बजे तिर लागेको आगो ढोरपाटन स्थित नेपाली सेनाको हनुमानध्वज गुल्मका गल्मपति मेजर रविजंग खड्काको नेतृत्वमा गएको १ सय २० जना सेनाको टोलीले नियन्त्रणमा  लिएको छ । आगलागीबाट त्यहाँका ३० घर जलेर नष्ट भएका छन भने नेपाली सेनाको नियन्त्रण टोलीले थप २३ घरमा आगोलागी हुनबाट बचाएको छ

ढोरपाटनमा घुम्ती बसाई गर्ने त्यहाँका स्थानीय अहिले बोबाङमा छन् । त्यहाँ हेरालुको भरमा घरहरु छोडने गर्दछन । गाउँ नै जल्ने गरि यति ठूलो आगलागी के कसरी लाग्यो भन्ने अझै एकिन नभएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक ओम प्रसाद यादवले जानाकारी दिनुभयो ।
त्यस ठाउँमा ३० घरमा ४७ परिवार बस्ने गरेको ढोरपाटनमा रहेको नेपाली सेनाको हनुमान्ध्वज गुल्मका ईन्द्र शाहीले बताउनुभयो । घटना स्थलमा वडा नं। ९ का वडा अध्यक्ष हरी बहादुर घर्ति सहितको प्रहरी टोली पुगेर क्षतिको अनुमानित विवरण निकालेको बताइएको छ । त्यहाँ करिव २ करोड २८ लाख ५० हजार बरावरको क्षति पुगेको अनुमान गरिएको छ ।
आगलागिको खबर पाएसँगै ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली सहितको नगरपालिका टोली अहिले ढोरपाटन जाँदै गरेको नगरपालिकाले जनाएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D