सडक खबर

ट्रीपर फस्दा रिडि-रुद्रबेनी-वामी सडक अबरुद्ध

टोपलाल अर्याल
गुल्मी, २२ जेठ । रिडि-रुद्रबेडी-वामी सडक खण्ड अबरुद्ध भएको छ । मुसिकोट नगरपालिका वडा न ५ को इन्द्रेगौडाको बिच सडकमा ट्रीपर फसेको छ । जसका कारण मंगलवार साझबाट सड्क अबरुद्ध भएको हो ।

गुल्मी र बाग्लुङको अत्यन्तै ब्यस्त सडक अबरुद्ध भएपछि सयौं गाडी रोकिएको स्थानिय ब्याबसायी छबिलाल खरालले बताए । बाग्लुङको बुर्तिबाङ र गुल्मीका वामी, भुवचिदी लगायतका स्थानबाट बुटवल-काठमाडौ र अन्य गन्तव्यमा हिडेका तथा फर्केने यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन् ।

अहिले अबरुद्ध सडक खुलाउन प्रयास भैरहेको मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले बताए ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker