छिमेकका समाचार

जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख भुसाललाई मातृशोक

कमल पौडेल
बागलुङ, ३१ साउन । जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु प्रसाद भुसाललाई मातृशोक परेको छ। बडिगाड गाउँपालिका वडा नं. २ निवासी उपप्रमुख भुसालकी ममतामयी माता हिमादेवि भुसालको आज विहान ३:३० बजे घरमै निधन भएको हो ।

दम रोगबाट पिडित भुसालको ८२ वर्षको उमेरमा निधन भएको हो। स्वर्गीय हिमादेवी भुसालका विष्णु प्रसाद भुसाल सहित ३ छोरा र ५ छोरीहरु हुनुहुन्छ। यसै विच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिल्ला कार्यदल सदस्य समेत रहनु भएका उपप्रमुख भुसाल की ममतामयी माता हिमादेवि भुसालको पार्थीव शरिरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश कमिटि सचिवालय सदस्य एवं जिल्ला सचिव ज्ञामनाथ गैरे, प्रदेश कमिटि सदस्यहरु प्रेम खरेल, सुनिल शेरचन र राजिव घिमिरेले पार्टीको झण्डा ओडायर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

स्वर्गीय भुसालको हिन्दु परम्परा अनुसार बडिघाट खोला घाटमा सनिवार नै अन्त्यष्टि गरिएको छ । सो अन्त्यष्टि कार्यक्रममा बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजा, प्रमुख प्रशासकिय अधिकृत बालाकृष्ण सुवेदी, जिल्ला समन्वय समिति बागलुङकी सदस्य रुपा विक लगाएत बिभिन्न संघ संस्था, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D