समाज

जापानमा हृदयघातबाट एक नेपाली युवाको निधन, दाहसंस्कार जापानमा नै गरिने

लक्ष्मी पौडेल घिमिरे
टोकियो, जुलाई ०७ । जापानमा रोजगारको क्रममा रहेका एक नेपाली युवाको हृदयघात भएर अल्पायुमै निधन भएको छ । नेपाल बाग्लुङ जिल्ला गल्कोटको रिघा घर भएका ४० बर्षिय भविलाल घर्तीको हृदयघातका कारण मृत्यु भएको हो ।

तीन बर्षअघि मात्र रोजगारीको निम्ति जापान आउनुभएका घर्तीको जापानको साईतामा केनमा निधन भएको हो । गल्कोट समाज जापानका संस्थापक अध्यक्ष बेलु काजी थापाका अनुसार घर्ती पूर्व नेपाल आर्मि हुनुहुन्थ्यो ।

संस्थापक अध्यक्ष थापाका अनुसार शनिवार राती काम सकेर घर फर्कदै गर्दा रेलभित्रै हृदयघात भएर घर्ती बेहोस हुनुभएको थियो । लगत्तै एम्बुलेन्समा राखेर अस्पताल पुर्याईए पनि चिकित्सकहरुले उनलाई मृत घोषणा गरेको बताईएको छ ।

घर्तीको नेपालमा श्रीमती र छोराछोरी रहेका छन् । हृदयघातका कारण अल्पायुमै निधन हुनुभएका घर्तीको दाहसंस्कार जापानमा नै गरिने बताईएको छ । यसको लागि मिति र स्थान तय हुन बाँकी रहेको गल्कोट समाजका उपाध्यक्षद्धय विजय भण्डारीले जानकारी दिनुभयो ।

घर्ती विशेष शिप अन्तर्गत कुक भिषामा तीन बर्षअघि जापान आउनुभएको थियो । अस्पतालले घर्तीको हृदयघातका कारण मृत्यु भएको पुष्टि गरेको र आवश्यक कागजात प्राप्त हुन बाँकी रहेकाले दाहसंस्कारको मिति तय नगरिएको उपाध्यक्ष भोजेन्द्र सुवेदीले जानकारी दिनुभयो ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D