समाज

जनता समाजवादी गुल्मी जिल्ला सचिवद्वारा पार्टी परित्याग

अनिल खत्री
६ असार, गुल्मी । जनता समाजवादी पार्टी जिल्ला सचिवले पार्टी परित्याग गरेको छन् । जनता समाजवादी गुल्मी जिल्ला सचिव जनक पन्थले पार्टी परित्याग गरेका छन् ।

जनक पन्थ

अाइतवार एक बिज्ञप्ति जारी गर्दै पन्थले लामोसमयदेखि क्रियाशील रहेको जनता समाजवादी पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । जनता समाजवादी पार्टीको जिल्ला सचिव रहेका पन्थ पार्टीका प्रभावशाली नेतृत्व हुन् ।

उनको पार्टी परित्याग घोषणाले पार्टीलाई ठूलो क्षति पुग्नेछ । उनले कुनैपनि पार्टीमा नरहेपनि अाफुले गर्नसक्ने समाजसेवामा समर्पित हुने उल्लेख गरेका छन् ।

समाजसेवामा सदैब सहयोगको अपेक्षा समेत गरेका छन् । पछिल्लो समयमा राजनीति भनाइ र गराइमा फरक हुदै अाएपछि राजनीतिमा अस्थिरता हुने गरेको छ ।

पन्थ गुल्मी जिल्लामा विभिन्न सामाजिक संस्थामा रहेर दुखि पिडितहरु सेवामा सहयोग गर्दै अाएका छन् ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D