gulminews logo
बिहीबार, २०८१ बैशाख १३

छुट्टीको दिन सरकारी गाडी चलाऊँदा प्रशासनको स्विकृती नै लिँदैनन् गुल्मीका स्थानीय तह

तिलाचन पाण्डे
गुल्मी, फागुन २० । गुल्मीका स्थानिय तहहरुले जिल्ला प्रशासन कार्यलय गुल्मीले बिदाका दिन वा जिल्ला बाहिर जानुपर्ने अबस्थामा जिल्ला प्रशासन कार्यालय गुल्मीको स्वीकृती नलिने गरेको खुलासा भएको छ । गुल्मीका स्थानिय तहहरुले जिल्ला प्रशासन कार्यलय गुल्मीले बिदाका दिन वा जिल्ला बाहिर जानुपर्ने अबस्थामा जिल्ला प्रशासन कार्यालय गुल्मीको अनिवार्य स्वीकृती लिन आग्रह गरे पनि स्थानीय तहहरुले अटेर गर्ने गरेको पाइएको छ ।

यो पनि पढ्नुस्: जिल्ला प्रशासन कार्यालय गुल्मीको निर्देशन मान्दैनन् गुल्मीका स्थानीय तह

बिदाका दिन सरकारी सवारी साधनको दूरुपयोग नहोस् र कुन स्थानीय तहको सवारी साधन के कामका लागि जिल्लामा वा जिल्ला बाहिर गएका छन् भन्ने जानकारी लिनु जिल्ला प्रशासनको दायित्व भएकाले पनि त्यस कार्यमा ध्यान दिएको जिल्ला प्रशासन कार्यालयका सुचना अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए ।

जिल्ला बाहिर जाँदा समेत केही समस्या भईहाले प्रशासनलाई सिधै जानकारी हुने र समस्या समाधानमा सहजता आउने कारणले समेत अनिबार्य स्विकृत लिने ब्यबस्था गरिएको जिल्ला प्रशासन कार्यलय गुल्मीले जनाएको छ । कहिले काँही कुनै कुनै स्थानीय तहले दिने गरेपनि पुर्ण रुपमा पालना नगरेको जिल्ला प्रशासन कार्यलय गुल्मीले जनाएको छ ।

त्यस्तै जिल्ला प्रशासन कार्यलय गुल्मीले जिल्लाका १२ वटै स्थानीय तहलाई सरकारी सवारी साधनको बिबरण पठाउन निर्देशन दिएको एक बर्ष पुरा भयो तर सवारी साधनको बिबरण पठाउन स्थानीय तहले अटेर गरेको पाइएको छ ।

सवारी साधनको जानकारी लिन २०७५ साल फागुन महिलाको २ गते तत्कालिन प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको अध्यक्षतामा बसेको बैठकले सरकारी सवारी साधन बिदाको दिनमा दुरुपयोग भएको भन्ने गुनासो आएको सन्दर्भमा कुन स्थानीय तहमा कति सवारी साधन र कति नम्बर प्लेटका सवारी साधन छन् भन्ने स्पस्ट जानकारी लिनका लागि सवारी साधनको माग गरेपनि गुल्मीका पाँच स्थानीय तहहरुले एक बर्ष बितिसक्दा समेत सवारी साधनको बिबरण पठाएका छैनन् ।

१२ वटा स्थानीयतह मध्य मुसिकोट नगरपालिका, गुल्मीदरवार, छत्रकोट, सत्यवती र चन्द्रकोट गाउँपालिकाले सरकारी सवारी साधनको बिबरण जिल्ला प्रशासन कार्यलय गुल्मीमा नपठाएको सूचना अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए । उता चन्द्रकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद भण्डारीले आफुले सवारी साधनको बिबरण पठाएको दाबी गरे । तर जिल्ला प्रशासन कार्यलय गुल्मीमा चन्द्रकोट गाउँपालिकाले सवारी साधनको बिबरण पठाएको तथ्यांकमा छैन ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D