कोरोनाभिडियो

छिट्टै कोरोनालाई जितेर समाजसेवामा फर्कन्छु: गुल्मीका कोरोना संक्रमित जनप्रतिनिधी (भिडियो अन्तर्वाता)

गुल्मीको १ स्थानीय तहका जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएको छ । उनि गाउँपालिका अध्यक्ष हुन् । लकडाउनका समयमा उनि नेतृत्वकर्ता भएका कारण पालिकाको गतिबिधीमा सक्रिय थिए । आफुलाई कोरोना सक्रंमण भएपछि धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरले आफै मिडियामा आएका छन् ।

यो पनि पढ्नुस्: गुल्मीका सबै पालिका प्रमुखहरु र राजनैतीक दलका प्रमुखहरु होम क्वारेन्टाइनमा

आइतबार प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको स्वाब परीक्षणका क्रममा उनमा कोरोना पोजिटिभ देखिएको हो । उनी अहिले स्वास्थ्यमा कुनै समस्या नआएकाले घरमै क्वारेन्टाईनमा रहेको र स्वास्थ्यमा समस्या आएमा सदरमुकाममा रहेको आईसोलेसनमा जाने तैयारी गरेको बताए । साथै उनले एकान्तबासमै बसेर गाउँपालिकाको योजना निर्माण गर्ने समेत बताएका छन् । साथै उहाँले आफु उच्च मनोबल बनाएर बसेको र कोरोनालाई जित्छु भन्ने आँट भएको बताए ।

साथै उनले आफ्नो एकान्तबासले आफुलाई अध्ययन गर्न पाउने,आगामी वर्षका योजना बनाउन पाउने, गाउँपालिकालाई समृद्ध बनाउनका लागि थप साँेच्न पाउने अवसरको रुपमा लिएको बताए । साथै उनले कोरोनाका कारण दीर्घ रोगी र प्रतिरोधात्मक क्षमता कम भएकाहरुलाई केही जोखिम हुने भएपनि दिनानुदिन निको हुनेको संख्या बढ्दै गएकाले नडराउन र आफुलाई कोरोना सक्रंमण भयो भनेर नआत्तिन पनि आग्रह गर्नुभएको छ । साथै उहाँले क्वारेन्टाइनमै बसेर जनताको सुरक्षा र गाउँको विकासका लागि लागि पर्ने बताएका छन् ।

हेरौँ हिमालय टेलिभिजनले लिएको अन्तर्वाता:

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D