gulminews logo
शुक्रबार, २०८० चैत्र १६

चौरासी पूजाको १५ लाख रुपैँया क्याम्पसलाई सहयोग

गुल्मी, माघ १४ । गुल्मीमा चौरासी पूजामा लाग्ने खर्च शिक्षाको गुण्स्तर वृद्धिका गर्नका लागि क्याम्पसलाई प्रदान गरिएको छ । जिल्लाको धुर्कोट गाउँपालिका-५ बस्तुमा रहेकी ८४ वर्षीया पार्वती भण्डारीले आफ्नो चौरासी पूजामा लाग्ने खर्च १५ लाख रुपैयाँ धुर्कोट परमानन्द भण्डारी बहुमुखी क्याम्पसलाई हस्तान्तरण गरेकी हुन्।

यो पनि पढ्नुस्: गुल्मीको एउटा क्याम्पस जहाँ मासिक ५२ रुपैयाँमा बिए/बिएड पढाइ हुन्छ, आवास नि:शुल्क

क्याम्पसको गुणस्तर वृद्धि गर्न र सामाजिक क्षेत्रमा काम गरी क्याम्पसलाई १५ लाख रुपैयाँ प्रदान गरिएको पार्वती भण्डारीका छोरा कृष्ण भण्डारीले बताए । उनले चौरासी पूजामा भोजभतेरलगायतमा खर्च गर्नेभन्दा क्याम्पसको हितमा खर्च गर्दा धेरै पुण्य प्राप्त हुने भन्दै रकम हस्तान्त्रण गरेको बताए।

क्याम्पसलाई चेक हस्तान्तरण गर्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले चौरासी पूजामा खर्च हुने रकमबाट क्याम्पसको हितमा प्रदान गर्ने कार्य नमूना भएको भन्दै पार्वती भण्डारी परिवारलाई धन्यवाद व्यक्त गरे।

पराजुललीले धुर्कोट परमानन्द भण्डारी बहुमुखी क्याम्पसले शिक्षामा गरेको प्रगतिको प्रशंसा गर्दै अन्य शिक्षण संस्थाहरूले पनि यसबाट अनुशरण गर्न सकिने बताए । -थाहखबर डट कमबाट

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D