छिमेकका समाचार

घाटुलाई बचाउन युवा पुस्ताले सिको गनुपर्ने: गुरुबा घर्ती

कौरव खत्री
बाग्लुङ, २१ जेठ । बाग्लुङको मध्यपश्चिम गलकोट नगरपालिका १० पाण्डवखानीमा सति घाटु नाच निकै प्रचलित रहेको छ । पाण्डवखानीमा बसोवास गर्ने सबै मिलेर सती घाटुको संरक्षण गर्नका लागि परेको घाटु गुरुबा तथा जानकार गिरी प्रसाद घर्तीले बताए ।

हरेक वर्षको बैशाख पुर्णिमा देखि सुरु गरि जेठ २० गते सम्म सती घाटु नाचिने गरिन्छ । परम्परागत देखि नै नाचिदै आएको र विभिन्न देवीदेवताहरुको नामलाई लिएर पुजाआरधना गरेर सोमवार सेलाइने गरेको जानकार घर्तीले जानकारी दिए।

साथै गलकोट क्षेत्रकै पुरानो मौलिक संस्कृति सती घाटुको संरक्षण र प्रर्वद्धन गरेर सिको गर्न युवा पुस्ताले चासो दिनु पर्ने घाटुका जानकार घर्तीले बताए ।

खासगरी श्रीपञ्चमीमा विधिपुर्वक पुजाअर्चना गरि सुरु गरिने घाटु नाच पाण्डवखानीमा मातातीर्थ औंसीदेखि मध्य वैशाखसम्म नाचिन्छ । पुन वैशाख पुर्णिमाको अघिल्लो दिनदेखि मध्य जेठमा घाटु समापन गरिने घाटु संरक्षण समिति पाण्डवखानीका अध्यक्ष गिरीप्रसाद घर्तीले जानकारी दिए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D