gulminews logo
मंगलवार, २०७९ असार १४

गुल्मी मुसिकोटमा दायित्वको प्रतिस्पर्धाबाट घर्ती र थापा बने उत्कृष्ट उद्यमी

कौरव खत्री
गुल्मी, १५ साउन । गुल्मीको मुसिकोट नगरपालिकामा दायित्वले प्रतियोगिताबाट उत्कृष्ट उद्यमीहरुको छनोट गरि घोषणा गरेको छ ।

मुसिकोट नगरपालिका र दायित्वको साझेदारीमा सञ्चालित नगरप्रमुख दायित्व ग्रामिण उद्यम द्रुतीकरण कार्यक्रम अन्तर्गत उद्यम योजना तथा लगानी प्रस्तुती प्रतियोगिताबाट विहिवार मुसिकोटमा उत्कृष्ट २ जना उद्यमी छनोट गरिएको हो । नगरप्रमुख दायित्व ग्रामिण उद्यम द्रुतीकरण कार्यक्रम अन्तर्गत करिव ९ महिना समय लगाएर शुरु चरणबाटै मुसिकोट नगरपालिका भित्र रहेका १ सय २५ उद्यमी छनोट गरी उत्कृष्ट ४०, उत्कृष्ट २०, उत्कृष्ट १० हुँदै उत्कृष्ट २ उद्यमी घोषणा गरिएको हो । प्रतिस्पर्धाका सबै चरणहरु पार गरि मुसिकोट नगरपालिका १ का दिपशिखा कृषि तथा पशुपंछी फार्मका सञ्चालक उद्यमी देब बहादुर घर्ति र मुसिकोट नगरपालिका ७ थापा तरकारी तथा पल्ट्री फार्मका सञ्चालक दुर्गा थापा गरि २ जना उत्कृष्ट उद्यमीको रुपमा घोषित भएका छन् ।

प्रतिस्पर्धाका उत्कृष्ट १० जना उद्यमीलाई जनही ५०÷५० हजार र उत्कृष्ट २ जना उद्यमीलाई प्रतिव्यक्ति १÷१ लाख नगद सहित पुरस्कृत गरिएको छ । साथै कृषिको क्षेत्रमा केही नँयापन गरेरै आफू उत्कृष्ट बनेको उत्कृष्ट उद्यमी दुर्गा थापाले बताइन । त्यस्तै दायित्वले आफूलाई अँध्यारोबाट उज्यालोमा ल्याएर व्यवस्थित तरिकाले कृषि उद्यममा लाग्ने प्ररेणा र निरन्तर कृषि उद्यमप्रतिको लगावले आज सफलता हासिल गरेको उत्कृष्ट उद्यमी देव बहादुर घर्तिले बताए ।

ग्रामीण क्षेत्रमा उद्यम गरिरहेका कृषकहरुको सीप,सोच र अनुभवलाई प्रोत्साहन गरी भनसुन र पँहुचवालाहरुलाई मात्रै अनुदान दिने परम्परालाई निरुत्साहित गर्न प्रतियोगिता मार्फत उत्कृष्ट उद्यमी छनोट गरिएको दायित्वका लुम्बिनी प्रदेश संयोजक कमल थापाले बताए । मुसिकोट नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत खिमानन्द भुषालले कृषकहरुबीच प्रतियोगिता गराई उत्कृष्ट उद्यमी छनोट गर्ने गरी दायित्वसँग गरिएको सहकार्य साँच्चिकै नौलो र नमुना अभ्यास भएको बताए ।

त्यस्तै मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटाले बताए । “अनुदानमा आधारित कार्यक्रमले उद्यमीलाई केवल अनुदान केन्द्रीत योजना बनाउने मात्रै देखियो सापकोटाले भने, तर प्रतिष्पर्धाको माध्यमबाट आएका उद्यमीहरु आत्मनिर्भर र स्वावलम्बन,सीप र दक्षतासगैं आर्थिक पक्ष व्यवस्थापनका पाटोमा सहयोग पुगेको बताए । मुसिकोट नगरपालिकाले अनुदानमा परनिर्भरता रोक्न नगरपालिकाभित्र रहेका कृषि उद्यमीहरुबीच मुसिकोटमा पहिलो पल्ट नयाँ अभ्यास र नयाँ अनुभव सहित थालेको उक्त प्रतिस्पर्धाले कृषकहरुमा सीप,क्षमता र दक्षता वृद्धिमा समेत सहयोग पु¥याउने विश्वास गरिएको छ ।

यो पनि पढ्नुस्

चन्द्रकोट गाउँपालिकाद्धारा स्मार्ट कृषि कार्यक्रम अन्तर्गत कृषि सामाग्री वितरण

महेश बोहरागुल्मी, जेठ १३ । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले स्मार्ट कृषि कार्यक्रम अन्तर्गत कृषकहरुलाई कृषि

पछिल्ला अप्डेट

सिफारिस

इतिहासको साँक्षी भार्सेको गोर्खा ग्यालरी, भिक्टोरिया क्रस पाउने रानादेखि भारतमा नेपाली पहिलो कर्णेल बुढाथोकी

टोपलाल अर्यालगुल्मी, ६ जेठ । नेपालका बिरलै गाउँ मध्येको भार्से गाउँ हो । जहाँ समुदाय

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D