स्वास्थ्य

गुल्मी अस्पतालमा इलेक्ट्रोनिक हेल्थ रेकर्ड सिस्टम: कागजको प्रयोग कम, समयको बचत

टोपलाल अर्याल
गुल्मी, २१ माघ । गुल्मी जिल्ला अस्पताल तम्घासमा इलेक्ट्रोनिक हेल्थ रेकर्ड सिस्टम संचालनमा आएको छ । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले इलेक्ट्रोनिक हेल्थ रेकर्ड सिस्टमको मंगलबार शुभारम्भ गरे । निक साइमन ईन्स्टिच्युटको करिब ४५ लाख रुपैँयाको आर्थिक सहयोगमा यो सिस्टम गुल्मी अस्पतालमा संचालनमा आएको छ ।

मन्त्री बरालले सहयोग गर्ने निक साइमन ईन्स्टिच्युटलाई धन्यवाद दिए । उनले स्थानीय स्वास्थ्य संस्था, जिल्ला र प्रादेशिक अस्पताललाई जनताको पहुँचमा स्थापित गर्न प्रदेशको तर्फबाट समेत थुप्रै पहलहरु भएकाले यो बीचमा सहजीकरण गर्ने संस्थाहरु पनि जनताकै पक्षमा रहेको बताए । उनले यो बर्ष एक सय २० बर्थिङ्ग सेन्टरको स्तरबृद्धि, विभिन्न तहका स्वास्थ्यकर्मीहरुलाई तालिम र नयाँ बर्षबाट जिल्ला अस्प्तालहरुमा आसियु सेवा संचालन गर्ने योजना अगाडी बढाएको बताए । इलेक्ट्रोनिक हेल्थ रेकर्ड सिस्टमको प्रयोगले अस्पतालमा कागजको प्रयोगमा न्यूनीकरण गर्ने अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले बताए । टिकट, ओपिडी, ल्याब र एक्सरे लगायत काम कम्प्युटर नेटवर्किङ मार्फत हुने पच्याले बताए ।

त्यस्तै जिल्ला समन्वय प्रमुख लक्ष्मण पराजुलीले यो सिस्टमले रेकर्डको ब्यास्थापन र समयको बचतसंगै कागजको प्रयोगमा न्यूनीकरण गर्दै सेवा प्रबाहलाई अझै नागरिक मैत्री बनाउन थालिएको बताए । निक साइमन ईन्स्टिच्युटका प्रमुख कार्यक्रम निर्देशक काशिम शाहाले अस्पतालहरुको सेवालाई अब्बल र थप नागरिकमैत्री बनाउनकै लागि आफुहरुले जनशक्ति, तालिम र उपकरणहरुको सहयोग गर्दै आएको बताए । मन्त्री बराल आफु नै बिरामी अर्थात सेवाग्राही बनेर सिस्टमको सवै अवस्थाको बारेमा जानकारी लिएका थिए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D