स्वास्थ्य

गुल्मीमा २८९ जनामा एचआइभी संक्रमण: सबै भन्दा धेरै सत्यवतीमा, कहाँ कती? हेर्नुस्:

गुल्मी, फागुन ३० । गुल्मी जिल्लामा २८९ जनामा एचआइभी संक्रमित रहेको पाइएको छ ।

तीमध्ये सबैभन्दा बढी सत्यवती गाउँपालिकाका छन्। उक्त गाउँपालिकाका ५२ जनामा एचआइभीको संक्रमण देखिएको छ। यस्तै, रुरुक्षेत्र गाउँपालिकामा ३५, छत्रकोटमा २८, गुल्मीदरबारमा १६ जनामा एचआइभी संक्रमित रहेका छन् ।

इस्मामा १८, धुर्कोटमा २२, मालिकामा १५, मदानेमा १३, कालीगण्डकीमा चार, चन्द्रकोटमा २०, रेसुङ्गा नगरपालिकामा २८ र मुसिकोट नगरपालिकामा ३८ जनामा एचआइभी संक्रमित रहेको गैरसरकारी संस्था हाम्रो जीवन प्लस गुल्मीले जनाएको छ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D