gulminews logo
शनिबार, २०८१ बैशाख १५

गुल्मीमा २७६ जना एचआईभी एड्स संक्रमित: सबै भन्दा धेरै सत्यवतीमा, कहाँ कती संक्रमित?

हुमाकान्त पोखरेल
गुल्मी , ३० फागुन । एचआईभी एड्स संक्रमितहरुको दर न्यूनिकरणका लागि गुल्मीमा सरोकारवालाहरुसँग समन्वय कार्यक्रम गरिएको छ । हाम्रो जीवन प्लस गुल्मीको आयोजना तथा एन्.ए.पि.एन. काठमाडौको सहयोगमा कार्यक्रम सम्पन्न गरिएको हो ।

समाज कल्याण परिषद्, एच.आई. भि. संक्रमितहरुको राष्ट्रिय महासंघ, संक्रमित महिलाहरुको राष्ट्रिय महासंघ तथा गैर सरकारी महासंघ गुल्मीका प्रमुख एवंम् प्रतिनिधीहरुको कार्यक्रममा सहभागिता रहेको थियो । एचआईभि एड्स संक्रमितहरुका लागि उपचार, हेरचाह र सहयोग गर्ने, संक्रमितहरुका लागि जनचेतना कार्यक्रम संचालन गर्ने, उनीहरुको मानवअधिकार सम्बन्धी पैरवी तथा वकालत गर्ने विषयमा छलफल गरिएको छ । त्यस्तै संक्रमितहरुको जीवन निर्वाह गर्नका लागि आयआर्जन सम्बन्धी कार्यक्रम संचालन गर्ने तथा उनीहरुको सँस्थागत क्षमता अभिवृद्धि गर्नेसम्बन्धी छलफल गरिएको सँस्थाका कार्यक्रम संयोजक दयासागर विकले जानकारी दिए ।

गुल्मीमा कहाँ कती छन् संक्रमित
हाम्रो जीवन प्लसका अनुसार जिल्लामा कुल २७६ जनामा एच्. आई. भि. एड्स देखिएको छ । जसमध्ये १५८ महिला र ११८ पुरुष छन् । जिल्लामा सबैभन्दा बढी सत्यवती गाउँपालिकामा २७ महिला र २३ पुरुष गरी ५० जनामा एचआईभिएड्स देखिएको छ ।

मुसिकोट नगरपालिकामा २१ महिला र १४ पुरुष गरी ३५ जना तथा रेसुंगा नगरपालिकामा १४ महिला र १५ पुरुष गरी २९ जनामा संक्रमण देखिएको छ । गुल्मीदरबार गाउँपालिकामा ११ महिला र पाचँ पुरुष गरी १६ जना, छत्रकोट गाउँपालिकामा २६ महिला र १२ पुरुष गरी ३८ जना, रुरु गाँउपालिकामा १६ महिला र ११ पुरुष गरी २७ जनामा एड्स देखिएको सँस्थाले जनाएको छ ।

मदाने गाउँपालिकामा पाचँ महिला र छ पुरुष गरी ११ जना, चन्द्रकोट गाउँपालिकामा महिला-पुरुष नौ-नौ जनामा गरी १८ जनामा संक्रमण देखिएको छ । इस्मा गाउँपालिकामा आठ महिला र सात पुरुष गरी १५, धुर्कोट गाउँपालिकामा १२ महिला र १० पुरुष गरी २२ जना, मालिका गाउँपालिकामा आठ महिला र छ पुरुष गरी १४ जना र कालिगण्डगी गाउँपालिकामा एकजना महिलामा एचआईभि एड्स देखिएको संयोजक विकले जानकारी दिए । जिल्लामा बालबालिकामा पनि एड्स देखिएको छ । १६ बर्षभन्दा मुनिका कुल २६ जना एड्सबाट संक्रमित भएका छन् । जसमध्ये छात्रा १२ र छात्र १४ जना रहेको विकले जानकारी दिए ।

मुसिकोटसँग सहकार्य
सँस्थाले मुसिकोट नगरपालिकासँग सहकार्य गरी काम गरेको जनाएको छ । उसले नगरपालिकामा समुदायमा आधारित एच. आई. भि. रक्त परिक्षण तथा सचेतनामुलक कार्यक्रम गरेको जनाएको छ । जसअन्तरगत नगरपालिकाका वडा नम्बर ५, ६, ७, ८ र ९ गरी पाचँ वडामा परिक्षण गरिएको छ । प्रत्येक वडाका दुई÷दुई स्थानमा रगत परिक्षण गरिएको सँस्थाकी अध्यक्ष सावित्रा ज्ञवालीले जानकारी दिइन् । परिक्षणको क्रममा आप्रवासीहरुमा बढी मात्रा संक्रमण देखिएको छ । संक्रमितहरुलाई पुनः स्थापना गरिएको, सचेतनामुलक कार्यक्रम लगायतका कार्यक्रम गरिएको अध्यक्ष ज्ञवालीले जानकारी दिइन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D