कृषी

गुल्मीमा हिउँदे मकै घोँगाको १५ रुपैँयामा बिक्री, किसानहरु उत्साहित

गुल्मी, २४ वैशाख । गुल्मीका किसान हिँउदे मकै खेतीतर्फ आकर्षित भएका छन् । बेमौसमी सिजनमा उत्पादन गरेको हरियो मकैको घोगा बिक्न थालेसँगै किसानहरु यसतर्फ आकर्षित भएका हुन् ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण सतर्कता अपनाउन गरिएको लकडाउनको समयमा पनि हरियो मकै प्रतिघोगा १५ रुपैयाँमा बिक्री भएपछि किसानहरु उत्साहित भएको अन्लाईन खबर डट कमले खबर छापेको छ ।

जिल्लामा प्रधानमन्त्री कृषि परियोजना मकै जोन कार्यक्रम लागु भए पश्चात हिँउदे मकैखेतीको विस्तार गरिएको हो । इस्मा गाउँपालिका २ रातडाडाकी किसान कोपिला जिसीले हिँउदे सिजनको मकै राम्रो उत्पादन हुन थालेकाले यसको खेतीलाई निरन्तरता दिएको बताइन् ।

परियोजनाले जिल्लाको इस्मा गाउँपालिकाको राताडाँडा गुर्वाखोला चौरासी र मालिका गाउँपालिकाको सिमलटारी क्षेत्रमा हरियो मकैको घोगा उत्पादनका लागि हिँउदे मकैको शुरुवात गरेको थियो । जिसीले अघिल्लो वर्ष २ रोपनी क्षेत्रफलमा हरियो मकै लगाएकोमा यस वर्ष ५ रोपनी क्षेत्रफमा हरियो मकै लगाएकी छन् ।

कात्तिकको अन्तिम हप्ता रोपिएको मकैको घोगा अहिले बेच्न थालेको उनको भनाइ छ । रातडाडामा उत्पादन भएको हरियो मकै तम्घास र स्थानीय गाउँमै खपत हुने गरेको जिसीले भनाइ छ ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker