कृषी

गुल्मीमा हिँउदे मकै खेतिको विस्तार, हरियो घोगामा पनि आत्मनिर्भर हुने लक्ष्य

अनिल खत्री
८ जेठ, गुल्मी । गुल्मी जिल्लामा प्रधानमन्त्री कृषि परियोजना कार्यक्रम मकै जोन कार्यक्रम लागु भए पश्चात हिँउदे मकै खेतीको बिस्तार गरिएको छ । यस वर्ष मात्र परियोजनाले जिल्लाको इस्मा गाउँपालिकाको राताडाँडा गुर्वाखोला चौरासी र मालिका गाउँपालिकाको सिमलटारी क्षेत्रमा हरियो मकैको घोगा उत्पादनका लागि हिँउदे मकैको शुरुवात गरिएको परियोजनाका प्रमुख कुल प्रसाद दवाडीले बताउनुभयो ।

मकै जोनको प्राविधिक एंव व्यवस्थापकिय सहयोगमा हिँउदे मकै प्रवर्दनका लागि यस वर्ष विभिन्न ४ वटा स्थानमा जम्मा २० रोपनी क्षेत्रफलमा परिक्षण उत्पादन गरिएको थियो । परिक्षण उत्पादनका लागि सि.पी. ६६६, सि.पी. ८०८, एन.एम.एच. तथा खुमल हाइव्रिड (२ जातका मकैहरु कार्तिकको अन्तिम हप्तामा लगाइएको थियो । यस वर्ष हिँउदमा वढेको चिसोको कारण मकै पाक्नमा केहि ढिलो भएको प्रमुख दवाडीले बताउनु भयो ।

गुल्मीमा पछिल्ला वर्षहरुमा हरियो मकैको खपत उल्लेख्य मात्रामा वृदि हुँदै गएको छ । जिल्लामा हरियो मकैको घोगा पाल्पाको अर्गेली, तराइका रुपन्देहि तथा नवलपरासी जिल्लाबाट आउने गर्दछ । यस वर्षको मकैको अवस्था, बजारमा हरियो मकैको उच्च माग एवं मुल्यका कारण परिक्षणमा उत्पादनमा संग्लग्न कृषकहरु उत्साहि देखिन्छन् ।

परियोजनाले समेत यस वर्षको नतिजाको आधारमा आगामी वर्ष छल्दी, पनाहा तथा निस्तीखोलाको फाटहरुको करिव १ सय रोपनी क्षेत्रफलमा हिउदे मकै प्रवर्दन गरि जिल्लालाइ आवश्यक पर्ने हरियो घोगामा आत्मनिर्भर हुने गरि कार्यक्रय तर्जुमा गरिएको मकै जोन प्रमुख कुल प्रसाद दवाडीले बताउनु भयो ।

यस वर्ष मकै जोनले गरेको परिक्षण उत्पादनबाट आगामी वर्षमा यसै जिल्लाको उत्पादनबाट हरियो मकैको खपत हुन सक्ने देखिन्छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D