कृषी

गुल्मीमा ब्यवसायिक कफि खेतिमा कृषकको आकर्षण बढ्यो, माग अनुरुप बिरुवा पुर्याउन गाह्रो

गुल्मी, बैशाख २८ । गुल्मीमा ब्यवसायिक कफि खेतिमा कृषकहरु थप आर्किषत भएका छन् । स्थानिय तह र केन्द्र देखि नै कफिको ब्यवसायिक खेतिको लागि कृषकलाई प्रोत्साहनका कार्यक्रमहरु सुरु भए पछि कृषक आर्किषत भएका हुन् ।

गुल्मीमा ब्यवसायिक कफि खेतिको लागि कफि अनुसन्धान कार्यक्रम रुरु गाउँपालिका भण्डारी डाँडा, कफि बिकास सकेन्द्र मुसिकोट नगरपलिका आपँचौर, कफि सहकारी संघ रुरु गाउँपालिका बलेटक्सार, कफि जाेन कार्यक्रम र कृषक समुहहरु सक्रिय भएका छन् ।

बिगत केही बर्ष कफि बिकास केन्द्रले तयार गरेको कफिको बिरुवा बिक्री समेत नभएकोमा यस बर्ष बिरुवाको माग पुर्याउन गाह्रो भएको कफि बिकास केन्द्र आपचौर गुल्मीका प्रमुख बद्री प्रसाद पौडेले बताउनु भयो ।

कफि बिरुवाको माग पुरा गर्न बिरुवा उत्पादनको लागी छत्रकोट गाँउपालीका ४ रुप्सेको कफि बगैँचाबाट दुर्गा कुन्ड समुह मार्फत १ क्विनटल पाकेको फल कफि बिकास केन्द्र गुल्मीले खरिद गरि बिरूवा उत्पादन गरेकाे छ ।

मुसिकोट नगरपालिक गुल्मीले कफि कृषकलाई अनुदान दिइ कफि बिस्तार गरेको नगर प्रमुख सोमनाथ सापकोटाले बताउनुभयो । रुरु गाउपालिका छत्रकोट गाउपालिकाले पनि कफि लाई प्राथमिकतामा राखेको छ । कफि सहकारी संघ रुरु गाउपालिका बलेटक्सार गुल्मीले उत्पादित कफिलाई कोरिया सम्म निर्यात गरेको छ । त्यसतै रेसुङ्गा आर्गनिक कफि नामको तयारी कफि बजार मा ल्याएको छ ।
कफि अनुसन्धान कार्यक्रम रुरु गाउपालिका भण्डारी डाडा,कफि बिका सकेन्द्र मुसिकोट नगरपलिका आपचौर, पोहोर लगाएका हजारौ कफिका बिरुवा सप्रिएका छन । तर सेतो गभारोको समस्या भने चुनौती को रुपमा रहेको छ ।

अहिले कफि कृषकहरु नयाँ बिरुवा रोप्नको लागि जग्गा तयार गरेर बसेका छन्न । नेपालमा गुल्मीबाटै कफिको ब्यावसायिक उत्पादन सुरु भएको हो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D