gulminews logo
बुधबार, २०८१ बैशाख १२

गुल्मीमा पिसिआर मेसिन आएपनी परिक्षण शुरु हुन कम्तिमा एक महिना लाग्छ: डा. पच्या

सन्तोष महतारा
गुल्मी,०३ साउन । गुल्मीमै कोरोनाको पिसिआर परिक्षण गर्न कम्तिमा एक महिना लाग्ने भएको छ । शनिबार हिमालयन एअरलायन्सको सहयोगमा परराष्ट्रमन्त्री मन्त्री प्रदिप कुमार ज्ञवालीले गुल्मीमा कोरोनाको पिसिआर परिक्षण गर्ने मेसिन हस्तान्तरण गरेपनी जिल्लामै परिक्षण शुरु हुन कम्तिमा एक महिना लाग्ने गुल्मी अस्पतालका प्रमुख डा. उत्तम पच्याले बताए । पिसिआर परिक्षण मेसिन ल्यावकाे एक मात्रै अङ्ग भएको भन्दै उनले सबै पुर्वाधार जुटाएर परिक्षण गर्न एक महिना लाग्ने बताएका हुन् । उनले भने “पिसिआर मेसिन आयो, अब भोलिबाटै कोरोना पिसिआर परिक्षण सुरु भइहाल्छ भनेर साेँच्नु गलत हो ।”

शनिबार सदरमुकाम तम्घासमा एक कार्यक्रमका बिच मन्त्री ज्ञवालीले मेसिन रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुषाललाई एक कार्यक्रममा विच हस्तान्तरण गरेका हुन् । पिसिआर मेसिन हस्तान्तरण गर्दै मन्त्री ज्ञवालीले कोरोनाको अझ खतरा अवस्था आउन सक्ने भन्दै त्यसअवस्थासँग लड्न तयारी गरिरहेको बताए । पिसिआर मेसिन आएपनि परिक्षण सुरु गर्न कम्तीमा एक महिना लाग्ने जिल्ला अस्पताल तम्घास गुल्मीका डाक्टर उत्तम पच्याले जानकारी दिए ।

नेपालमा अहिले कोरोना परिक्षण गर्ने ३३ वटा ल्याव छन् । विश्वबजारमा पनि पाउन कठिन उक्त मेसिन चिनबाट ल्याइएको हिमाल एयरलाइन्सका उपाध्यक्ष बिजय श्रेष्ठले बताए ।

गुल्मीमा पनि पिसिआर परिक्षण गर्न स्वास्थ्य मन्त्रालयले स्विकृत गर्ने तयारी भएको कार्यक्रममा जानकारी गराइएको थियो । गुल्मीमा अहिलेसम्म ३५३ जनामा संक्रमण पुष्टि भएको छ । ३ जनाको मृत्यु भएको छ । मेसिन हस्तान्तरण कार्यक्रम जिल्ला विपद् व्यवस्थापन समिति – जिल्ला काेराेना संकट व्यवस्थापन केन्द्र गुल्मीले आयोजना गरेको हो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D