कृषी

गुल्मीमा घट्यो लिची उत्पादन, १ करोडको घाटा

अनिल खत्री
३ असार, गुल्मी ।गुल्मीमा यस वर्ष लिचीकाे उत्पादनमा गिरावट आएको छ । लिची खेती बढी हुनेरुरु गाउँपालिका–१ स्थित च्यूरेक, थोर्गा, थानपतीलगायतका स्थानमा किसानले लगाएको लिचीको उत्पादनमा कमी आएको हो ।

पछिल्लो केही वर्षयता व्यावसायिक लिची उत्पादनमा ह्रास आउँदै गरेको छ । उत्पादन घट्नुमा असिना–मुख्य कारण रहेको किसानहरु बताउँछन् ।

यस वर्ष असिना पानीले झण्डै १ करोड बढीको लिची नष्ट गरेको च्यूरेक फलफूल तथा तरकारी समूहका संयोजक युवराज ज्ञवालीलले बताए । ‘यो वर्ष निकै फल लागेको थियो,’ संयोजक ज्ञवालीले भने, ‘अघिल्लो वर्षभन्दा उत्पादन बढी भएको थियो तर असिना पानीले गर्दा सबै नष्ट गरिदियो ।’

अघिल्लो वर्ष त्यस स्थानबाट झण्डै ९० लाख बढीको लिची बिक्री भएको च्यूरेक फलफुल तथा तरकारी समूहका संयोजक ज्ञवालीले बताए । बारीभरी ५० भन्दा बढी लिची लगाएका ज्ञवालीले अघिल्लो वर्ष लिची बेचेर ९० हजार भन्दा वढी बिक्री गरेकोमा यस वर्ष ५ हजारको मात्रै भएको बताए ।

रुरु गाउँपालिकाको च्यूरेक लगायतका स्थानमा झण्डै २ सय भन्दा बढीले घर छेउ र बारीमा लिची लगाएका छन् । लिची लगाएपछि खासै केहि गर्नु नपर्ने र लगाएको केही वर्षमै उत्पादन दिने भएपछी किसानहरु यो खेतीतर्फ आकर्षीत हुँदै गएका छन् । एउटै बोटमा ६ हजार देखि ८० हजार सम्ममा लिची उत्पादन हुने गरेको कृषकहरुको भनाइ छ । लिचीका बोट मुनि कफी उत्पादन गर्न सकिने भएकाले किसानहरुले कफी खेती समेत सुरुवात गरेका छन् ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D