gulminews logo
शुक्रबार, २०८० चैत्र १६

गुल्मीमा कालिज र माछाको व्यवसायिक पालन गरिँदै, १ करोड रुपैँया लगानी

गुल्मीन्युज
गुल्मी, असार १ । गुल्मीको मुसिकोट नगरपालिका वार्ड नं. ६ उपल्लो भुवाचिदीमा ६ जनाकाे एउटा समूह मिलेर व्यावसायिक रूपमा सामुहिक कृषि गर्ने भएका छन् । उनिहरूले उपल्लो भुवाचिदी निवासी पुर्णलाल आचार्यकाे करिव ६ राेपनी जग्गा भाडामा लिएर ब्यवसायिक कृषि गर्ना लागेका हुन् ।

बार्षिक एक लाख रुपैँया बुझाउने गरि जग्गा भाडामा लिएए माछापालन, लाेकल कुखुरा, कालिज र बङ्गुर पालन गर्ने गरि आवश्यक माछापाेखरी र खाेरहरू लगायत स्टाेर रूम बनाउदै गरेकाे त्रिभुवन मा.वि.का प्रध्यानाध्यापक रामबहादुर थापाले बताउनुभयाे ।

कृषि फार्म सञ्चालन गर्नका लागि ६ जनाकाे समूह मिलेर बराबर लगानी गरेकाे र यसकाे अनुमानित खर्च करिव १ कराेड जति पुग्ने भुवाचिदी स्थित मेडिकल सञ्चालक चन्द्र श्रीस मगरले बताउनुभयाे ।

कृषि फार्म सञ्चालनका लागि लगानी गर्ने मध्येमा त्रिभुवन मावि का प्रध्यानाध्यापक रामबहादुर थापा, भुवाचिदी तल्लो बजारका सुनचाँदी व्यवसायी रामु सुनुवार, साेहि स्थानकै चन्द्र श्रीस मगर, मुनपा ४ वडागाउँ का रूद्रबहादुर केसी, सन्तबहादुर कार्की र उपल्लो भुवाचिदीका व्यापारी देबाकर घिमिरे रहेका छन् ।

यो पनि पढ्नुस्

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D