कृषी

गुल्मीको कार्यालयमै थन्किए कृषी सामग्री: सामान कार्यालयमै बिग्रिन, खिया लाग्न थाले

हुमाकान्त पोखरेल
गुल्मी, १३ भदौ । ५ नम्बर प्रदेशको भुमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले गत बर्ष गुल्मीमा कृषि ज्ञान केन्द्रमार्फत ७५ प्रतिशत अनुदानमा विभिन्न कृषिजन्य सामग्री वितरण गरेको थियो । तर किसानलाई एकभन्दा अर्को सामाग्री पठाएपछि कृषि सामग्री कृषि ज्ञान केन्द्र गुल्मीमा थन्किएका छन् ।

प्रदेशको कृषि मन्त्रालयले आवश्यक सामाग्री लिनको लागि किसानलाई कृषि ज्ञान केन्द्रमा आई फारम भर्न अनुरोध ग¥र्यो । किसानले सहकारी मार्फत फारम पनि भरे । तर मन्त्रालयले फारम भरेको भन्दा अर्कै सामाग्री पठाएपछि किसानले कृषि सामाग्री नै लगेका छैनन् । ढिलोमा असार मसान्तसम्म सबै सामग्रीहरु किसानले लगिसक्नुर्पे हो । तर हालसम्म पनि विभिन्न कृषिजन्य सामग्रीहरु कार्यालयमै थन्किएका छन् । ५ वटा मकै छोडाउने मेसिन र दुईवटा घाँस काट्ने मेसिन कृषि ज्ञान केन्द्रमा रहेका छन् । जसमध्ये एउटा चापकटर बिग्रेको छ भने अन्य मेसिन किसानले नै लगेका छैनन् ।

छत्रकोट गाउँपालिका ४ का ५ किसानको नाममा मकै छोडाउने मेसिन अर्थात कनसेलर कृषि ज्ञान केन्द्रमा छ । स्थानीय सुमित्रा पौडेल, वसन्ती न्यौपाने, यमकला न्यौपाने, गंगा न्यौपाने र गोमा खनाल नाममा कनसेलर छन् । त्यस्तै सोहि स्थानकै नुना पौडेलले पनि आफ्नो नाममा आएको चापकटर लगेकी छैनन् । यससम्बन्धमा सुमित्रा पौडेलले आफुले ट्याक्टरको फारम भरेपनि कार्यालयमा कनसेलर आएपछि लिन नगएको प्रतिक्रिया दिइन् ।

‘ट्याक्टरको लागि फारम भरेको हो, घरमा मकै नै छैन ।’ उनले भनिन्, ‘दुरुपयोग हुने भएकोले नल्याएको हो ।’ कृषि ज्ञान केन्द्र गुल्मीले भने किसानले भनेअनुसारको सामाग्री नआएकोले एक सामाग्रीको सट्टामा अर्को सामाग्री प्रदान गरिएको जनाएको छ । गत बर्ष गुल्मीका १ हजार २७२ कृषकले कृषि सामाग्रीको लागि फारम भरेकोमा जम्मा २७७ जनाले मात्र कृषि सामाग्री पाएको कृषि प्रसार अधिकृत शिव प्रसाद बन्जाडेले जानकारी दिए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D