खेलकुदप्रवास

गुल्मीकी ज्ञानु मायालाई दुवई वुमन्स ब्याडमिन्टनमा कास्य पदक

काठमाडौं, असौज ११ । नेपाल ब्याडमिन्टन कम्युनिटीकी ज्ञानुमाया बरालले संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना भएको सटल टाइम दुवई वुमन्स ब्याडमिन्टन च्याम्पियनसिपको महिला एकलमा कास्यपदक जितेकी छिन् ।

युएई ब्याडमिन्टन र दुवई स्पोर्ट्स काउन्सिलको संयुक्त आयोजनामा भएको सटल टाइम दुवई वुमन्स ब्याडमिन्टन च्याम्पियनसिपमा ज्ञानुले फिलिपिन्सकी जेन्नी स्कोलरलाई २–० को सोझो सेटमा पराजित गर्दै कास्यपदक जित्न सफल भएको हाम्रो खेलकुद डट कमले खबर छापेको छ । गुल्मी जिल्ला चन्द्रकोट गाउँपालिका वार्ड नं ८ मजुवा स्थाई घर भई हाल दुबईमा कार्यरत ज्ञानुले पहिलो सेटमा २१–१३ को सहज जित हात पारेकी थिईन् । दोस्रो सेटमा भने उनले २४–२२ को संघर्ष पुर्ण जित निकालेकी थिइन् ।

त्यसअघि उनी च्याम्पियन बनेकी भारतकी इरेनी इल्सा एलेसान्डरसँग १८–२१ र १०–२१ ले पराजित हुदै फाइनल पुग्नबाट बञ्चित बनेकी थिइन् । इरेनी इल्सा एलेसान्डरले आफ्नै देशकी एनिरुमा बिजुलाई हराएर च्याम्पियन बनेकी थिइन् ।

शनिबार सम्पन्न भएको च्याम्पियनसिपमा युएईमा बसोबास गर्दै आइरहेका विभिन्न देशका कम्युनिटीका ३२ जना महिला खेलाडीहरुले सहभागिता जनाएका थिए । च्याम्पियनसिपमा युएईका स्थानिय महिलाहरुको लागि छुट्टै इभेन्ट समावेश गरिदा अन्य विदेशी कम्युनिटीलाई समावेश गरिएको थिएन ।

नेपाल ब्याडमिन्टन कम्युनिटीको प्रशिक्षकमा अनिल जोशी तथा टिम व्यवस्थापकमा हीरालाल श्रेष्ठ रहेका थिए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D