gulminews logo
शनिबार, २०८१ बैशाख ८

गुल्मीका “सुन्तलावाला” जो गाउँबाटै सुन्तलाको कारोवार गरेर लाखौँ कमाउछन्

कौरव खत्री
गुल्मी, २० पौष । गुल्मीको ददल्काका एक व्यक्तिले सुन्तलाबाट राम्रो आम्दानी गदै आएका छन् ।

मुसिकोट नगरपालिका वडा नं. ९ ददल्का बस्ने ३० बर्षीय सफल सुन्तला व्यवसायी सुधन खरेलले विगत ८ बर्षयता निरन्तर रुपमा गाँउमै बेसर रुपमा सुन्तलाको कारोवार गदै आएका छन् ।

सुन्तला व्यवसायी सुधन खरेलले भने आफू गाँउमै बसेर राम्रो मिहेनत परिश्रम गर्न सके केही गर्न सकिन्छ भन्दै सबैलाई कामको सिको गराउदै र गाँउमा उत्पादित सुन्तला, अदुवा लगायत सिजन अनुसारका कृषि उपजहरुलाई गाडी मार्फत स्थानीय र ठूला शहर बजारसम्म सहज रुपमा बजारसम्म पु¥याउदै विक्रिवितरणमा आफू व्यस्त रहेको बताए ।

साथै सुन्तला व्यवसायी खरेलले भने, यो सिजनमा सुन्तलाको लागि अनुकुल हावापानी र मौसम राम्रो भएको र सुन्तला फुल खेल्ने बेलामा पानी परेको र हावा हुरी बतास समेत नलागेको हुनाले सुन्तला उत्पादनमा गएको बर्षमा भन्दा यस बर्ष सुन्तला उत्पादनमा पचास प्रतितशतले वृद्धि आएको बताए ।

व्यवसायी खरेलले भने,ददल्काको गाँउबाट करिव ३ सय क्विण्टल सुन्तला फलेको र विक्रिवितरणको लागि सरदरमा बजारमूल्य प्रतिकेजी ५०देखि ५५ रुपैया सम्ममा सुन्तला विक्रिवितरण हुने गरेको बताउदै यो सिजनमा मात्रै ददल्कामा झण्डै १६ लाख देखि २० लाखसम्मको सुन्तला विक्रिवितरण गरेको उनले बताए ।

साथै पछिल्लो समयमा ददल्का गाँउमा यातायातको सुविधाले गर्दा गाँउका सुन्तला खरिद गरेर सुन्तलालाई ए,वी र सी ग्रेटमा ग्रेडिङ गरेर व्यवस्थित तरिकाले काटुङमा प्याकिङ गरेर गाँउबाटै गाडी मार्फत सुन्तला मूख्य शहर पोखरा बुटवल र काठमाण्डौसम्म पुगेको सुन्तला व्यवसायी खरेलले बताए ।

साथै ददल्का गाँउका सुन्तलाले उचित बजार पाउन थालेपछि सुन्तला किसानहरुमा उत्साह थपेको छ । सुन्तलाबाटै आफ्नो सामान्य जिविकोपार्जन गर्ने झण्डै ३०देखि ४० जनासम्म ददल्कामा सुन्तला किसानहरुले सुन्तला खेती गदै आइरहेका छन् ।

यस्तै सोही वडाका अर्का स्थानीय सुन्तला किसान गंगाराम खरेलका अनुसार गाँउमा यातायातको सुविधाले गर्दा गाँउमै गाडी लिएर सुन्तला व्यापारीहरु सुन्तला बगानमै आएर सुन्तला ठेक्का खरिद गर्न थालेको र सुन्तलालाई डोकोमा बोकेर लैजानु पर्ने बाध्यता त हटेको छ तर अझै पनि सुन्तलाले उचित बजार मूल्य पाउन नसकेको बताए ।

ददल्काकालाई सुन्तला उत्पादनको लागि उर्वरभूमि मानिन्छ । केहि बर्ष अगाडी ददल्कालाई सुन्तला पकेट क्षेत्रको रुपमा समेत घोषणा गरि सकिएको छ ।

यो पनि पढ्नुस्

गुल्मीमा जन्मेका इन्स्पेक्टर सञ्जय प्रदेश १ को उत्कृष्ट प्रहरीका रूपमा सम्मानित

गुल्मी, कार्तिक १५ । नेपाल प्रहरी प्रदेश कार्यालय, धरानमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) सञ्जय बुचा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D