gulminews logo
शनिबार, २०८१ बैशाख १५

गुल्मीका सडक कालोपत्रेको कामले किन गती लिँदैन, कुरो यस्तो रैछ

अनिश शर्मा गैरे
गुल्मी जिल्लाका सडकको कालोपत्रे एवम् कतिपय स्थानमा पुल निर्माणका लागि विभिन्न सम्झौता भएका छन् । चालु आर्थिक वर्षमा ६० किलोमिटर सडक कालोपत्रे गर्ने गरी ठेक्का सम्झौता गरिएको भए पनि वर्षको अन्त्यसम्म १५ किलोमिटर सडक पिच हुने अपेक्षा गरिएको छ । रिडी–रुद्रबेणी–वामीटक्सार सडकखण्डको रुद्रबेणीदेखि चोरकाटेसम्मको २० किलोमिटर सडक पिच गर्न ठेक्का सम्झौता भइसकेको र बाँकी सडकमा ग्राभेलिङको काम चलिरहेको छ ।

सडक खोलिएको ३६ वर्ष पुरा भइसक्दा पनि तीन जिल्लाको संगमस्थल रिडीदेखि वामीटक्सारसम्मको ४६ किलोमिटर सडक पुरै सहज बन्न सकेको छैन । ग्रामीण क्षेत्रको निकै ब्यस्त मानिने यस सडकको केही क्षेत्र कालोपत्रे भए पनि बाँकी सडक वर्षाको समयमा हिलाम्य र हिउँदको समयमा धुलाम्य हुने गरेको छ । वर्षाको मौसममा हप्तौँसम्म पनि सडक अवरुद्ध हुँदा अत्यावश्यक सामग्रीको अभावको साथसाथै गन्तब्यमा पुग्न नसक्ने यात्रुले हिउँदको समयमा धुलोले आफ्नो स्वास्थ्य खराब गराइरहेका छन् ।
gulmi road
जिल्लाको सदरमुकाम तम्घासदेखि सिमलटारी जोड्ने तम्घास–सिमलटारी सडक आयोजनाको पनि ३० किलोमिटर सडक कालोपत्रेको ठेक्का सम्झौता भइसकेको छ । सदरमुकाम तम्घासदेखि रेसुङ्गा जोड्ने सडकको ७ किमी तथा रेसुङ्गा नगरपालिकाको छल्दी पनाह देखि मुसिकोट नगरपालिका–५ इन्द्रगौडासम्म जोड्ने छल्दी–इन्दे्रगौडा सडकको पनि ३ किलोमिटर कालोपत्रेको लागि सम्झौता भएको छ ।

जम्मा ६ किमी सडक पिचका लागि सम्झौता भएको भएपनि चालु आवमा रिडी–रुद्रबेणी सडकखण्डमा पाँच र तम्घास–सीमलटारी सडक आयोजनाको १० गरी जम्मा १५ किमी सडक पिचहुने तम्घास–सीमलटारी सडक आयोजना प्रमुख इन्जिनियर सुजन अधिकारीकाले जानकारी गराएका छन् । अधिकारीका अनुसार करिब ६÷७ करोडको काम सम्पन्न हुँदासमेत भुक्तानी दिन नसकिएको अर्थात् बजेट अभावले गर्दा प्रभावकारी रुपमा काम गर्न सकिएको छैन ।

गुल्मी जिल्लामा तम्घास–सिमलटारी सडक आयोजना र रिडी–रुद्रबेणी–वामीटक्सार सडक मुख्य ठुला सडक हुन् । रिडी–रुद्रबेणी सडकखण्ड अन्तर्गतको वामीखण्डसम्म आगामी जेठ महिनासम्ममा ग्राभेल गर्ने गरी काम भइरहेको बताइएको छ । यसैगरी जिल्लामा कुल १४ वटा पक्की पुल निर्माणको चरणमा रहेका छ । जसअनुसार रिडी–रुद्रबेणी–वामीटक्सार सडकखण्डमा नयाँ ६ वटा पुलको डिजाइन चलिरहेको छ ।

यो पनि पढ्नुस्

गुल्मेलीमा सडक समृद्धिको आशा: कालिगण्डकी करिडोर र मदनभण्डारी राजमार्गमा करिव ७ अर्बको काम हुँदै

टोपलाल अर्यालगुल्मी, ४ असोज । कालिगण्डकी करिडोर र मदनभण्डारी राजमार्ग गुल्मेलीका समृद्धिका आशा र सपना

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D