छिमेकका समाचारशिक्षा

गुल्मीका श्रेष्ठ परिवारले गरे आर्घाखाँचीको क्याम्पसलाई सहयोग

अनिल खत्री
१२ चैत, गुल्मी । गुल्मीका एक समाजसेबी व्यक्तिले क्याम्पसलाई कम्प्युटर तथा अक्षयकोष स्थापना गरेका छन् । जिल्लाको सदरमुकाम तम्घास क्याम्पसरोड निवासी मानबहादुर एण्ड मायाँ देबी फाउन्डेसनले अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका ८ स्थित सुर्यथुम बहुमुखी क्याम्पसलाई कम्प्युटर र अक्षयकोष स्थापना गरेका हुन् ।

क्याम्पसको चौथो साधारण सभामा आयोजित कार्यक्रममा तम्घासका मानबहादुर श्रेष्ठ परिवारले २ लाख १० हजार वराबरको ६ थान कम्प्युटर र २ लाख ३५ हजार को अक्षयकोष स्थापना गरेका हुन् । क्याम्पसमा आयोजित कार्यक्रममा समाजसेवी श्रेष्ठले क्याम्पस सञ्चालक समिति अध्यक्ष घनश्याम पाण्डेलाई ६ थान कम्प्युटर हस्तातरण गरेका हुन् ।

श्रेष्ठ परिवारले अपाङ्ग तथा गरिव जेहेन्दार बिद्यार्थीहरुको लागी सहयोगार्थ भन्दै क्याम्पसमा अक्षय कोष स्थापना गरिदिएको क्याम्पस सञ्चालक समिति अध्यक्ष घनश्याम पाण्डेले जानकारी दिए । समय अनुसारको शिक्षा र बिद्यार्थीहरुको पढाईलाई सहजता बनाउनको लागी क्याम्पसलाई अक्षय कोष र कम्प्युटर सामाग्री सहयोग गरेको मानबहादुर एण्ड मायाँ देबी पाउन्डेसन एबं समाजसेवी मानबहादुर श्रेष्ठले बताए ।

क्याम्पसले आगामी दिनमा प्राबिधिक क्षेत्रका बिषयहरु समेत थप्ने तयारी गरिरहेको र क्याम्पसको आर्थिक अबस्था पनि कम्जोर रहेकाले समाजसेवी श्रेष्ठ परिवारलाई गरिएको आग्रह अनुसार सहयोगप्राप्त भएको क्याम्पसले जनाएको छ । ०६४ सालबाट मानबिकी तथा शिक्षा संकायमा पढाई हुँदै आएको उक्त क्याम्पस निजी क्षेत्रको सहयोगमा सञ्चालनमा रहेको छ ।

ग्रामीण स्तरमा सदरमुकाम पुगेर पढन नसक्ने बिभिन्न बिद्यार्थीहरुको पढाईलाई सहजता ल्याउन भन्दै गाउँमै क्याम्पस स्थापना गरेर पढाई सञ्चालन गर्दैै आएको अध्यक्ष पाण्डेले बताए । क्याम्पसको चौथो साधारण सभाको उद्घाटन आर्घाखाँची जिल्लाका संसद टोपबहादुर रायमाझीले गरेका थिए ।

सभामा राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का, प्रदेश सभा सदस्य चेतनारायण आचार्य, छत्रदेब गाउँपालिका अध्यक्ष लेखनाथ पोखरेल,मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्य लगायतको सहभागित रहेको थियो । साधारण सधामा क्याम्पसको वार्षिक प्रतिबेदन क्याम्पस प्रमुख शालिकराम आचार्यले प्रस्तुत गरेका थिए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D