अपराधप्रवास

गुल्मीका कार्कीद्वारा दक्षिण कोरियामा झुण्डिएर आत्महत्या

काठमाडौं । रोजगार अनुमति प्रणाली मार्फत कामका लागि दक्षिण कोरिया पुगेका एक नेपाली युवाले आत्महत्या गरेका छन् । गुल्मी स्थायी घर भई बुटवल नयाँगाँउ वस्दै आएका कमल कार्कीले आत्महत्या गरेका हुन् ।

ख्यङगिदोको हवासङ सि स्थित छोआममा कार्यरत कार्की कोरिया गएको चार महिना भएको थियो । मोटरपार्टस कम्पनीमा कार्यरत कार्कीले कम्पनीका नजिक रहेको गोदाममा फलामे बिममा झुण्डिएर आत्महत्या गरेका थिए । सोमवार विहान झुण्डिएको अवस्थामा फेला पारेपछि सहकर्मीले प्रहरीलाई खवर गरेका थिए ।
kamal karki korea
नेपालबाट आन्सानमा कार्य गर्ने गरि गएका काकीर्ले कम्पनी परिवर्तन गरि हालको कम्पनीमा एक महिना अघि पुगेका थिए । कार्की कार्यरत कम्पनीमा अन्य ११ जना नेपालीहरु पनि छन् । २३ वर्षिय कार्कीको मृत्युवारे नेपालमा खवर गरिएको सौलस्थित नेपाली दुतावासका नियोग उपप्रमुख किरण शाक्यले जानकारी गराए ।

Show More
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

कृपया हजुरको ब्राउजरमा बिज्ञापन रोक्ने एप्लिकेशन डिसेबल गरेर हाम्रा समाचारहरु हेर्न सक्नुहुनेछ ।