कोरोना

गुल्मीका एक सहित बुटवलको कोरोना अस्पतालमा थप २ जनाको मृत्यु

बुटवल, मंसिर ६ । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीको रेसुंगा नगरपालिका १ का ६६ वर्षीय पुरुष र तिलोत्तमा २ का ५९ वर्षीय पुरुष रहेका अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिएको ईकान्तिपुर डट कमले खबर छापेको छ ।

उनका अनुसार मंसिर २ गते पीसीआर पोजिटिभ आई अस्पतालमा भर्ना भएका तिलोत्तमाका पुरुषको शुक्रबार दिउँसो १२ बजेर ४६ मिनेटमा मृत्यु भएको हो । मृतकमा ज्वरो, मुटुरोग, दम र मधुमेहको समस्या थियो ।

त्यस्तै, रेसुंगा १ का पुरुष गत कात्तिक २७ गते पोजिटिभ नतिजा आई २८ गते अस्पताल भर्ना भएका थिए । उनको शुक्रबार दिउँसो १२ बजेर ५० मिनेटमा मृत्यु भएको हो । मृतकमा ज्वरो र श्वासप्रश्वासमा समस्या रहेको थियो ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D