शिक्षासकारात्मक कुरा

गाउँमै नि:शुल्क इन्जिनियरिङ पढाई: भर्ना तथा मासिक शुल्क नलाग्ने, खानबस्न “फ्री”

अनिश शर्मा गैरे
गुल्मी, २९ गते । महेन्द्र आदर्श माबि मुसिकोट नगरपालिका ७ गुल्मीले सिविल इन्जिनीयरीङ्ग कक्षा निशुल्क रुपमा पढाउने भएको छ ।
विद्यार्थीलाइ भर्ना शुल्क, मासिक शुल्क कति पनि नलाग्ने तथा आवश्यकता अनुसार खाना बस्ने ब्यबस्था पनि विद्यालयले निशुल्क गर्ने निर्णय भएको विद्यालयका प्रद्यानाध्यापक बुद्धि प्रसाद शर्माले बताए ।

उनका अनुसार विद्यार्थीले सिविल इन्जिनीयरीङ्ग सहितको प्राविधिक धारमा अध्ययन गर्नको निम्ती कति पनि खर्च गर्नु नपर्ने भएको हो ।
आउने बैशाख ११ गतेबाट कक्षा सुरु हुने तथा १० गते प्रवेश परीक्षा लिइने भएको छ । ९ गते प्रवेश परीक्षामा सहभागी हुनेहरुलाइ प्रशिक्षण कार्यक्रम राखीने भएको छ । कक्षा ९ देखी १२ सम्मको प्राविधिक धारको कक्षा चल्ने भएको हो ।

हाल कक्षा बिहान ९ देखी साँझ ५ बजेसम्म सञ्चालन हुने तथा यस बर्ष ४० जनाको कोटा मात्र रहेको विद्यालयले जनाएको छ । त्यस्तैगरी अँग्रेजी माध्यममा अध्ययन गरी प्राविधिक धारमा भर्ना हुन आउने विद्यार्थीलाइ थप सुविधा दिइने पनि विद्यालयले जनाएको छ ।

विद्यालयले गत फाल्गुण १३ देखी २१ गतेसम्म मनाएको हीरक महोत्सबको अवसरमा प्राविधिक शिक्षा सञ्चालन गर्ने लक्ष्य सहित महायज्ञ आयोजना गरेको थियो । सो अवसरमा ५ करोड ३३ लाख नगद तथा बाँकी जग्गा सहित ६ करोड रुपैया संकलन गरीएको थियो । खर्च भने जम्माजम्मी ५३ लाख रुपैया भएको हीरक महोत्सब मुल समारोह समितिका अध्यक्ष तथा वडा नम्बर ७ का अध्यक्ष प्रकाश काफ्लेले बताए ।
प्राविधिक शिक्षा सञ्चालन हुने जानकारी सबै घरघरमा गराउँदै सो सन्देश देश भर नै प्रवाह गर्नेगरी काम गरीने समेत उनले बताए । हजारौ जनताको ध्यान हाल यसै विद्यालय तर्फ तानिएको भन्दै उनले यो अवसरलाइ चुनौती पनि मानेर अघि बढ्ने बताए । विद्यालयलाइ प्रदेश ५ कै नुमना विद्यालय बनाउने गरी अघि बढ्ने उनको भनाइ छ ।

यसैबिच शुक्रवार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी शैक्षिक सत्र २०७५ सालको बार्षिक परीक्षाफल प्रकाशन गरीएको छ । विद्यालयका अध्यक्ष भुवन केसीको अध्यक्षता रहेको कार्यक्रममा वडाध्यक्ष प्रकाश काफ्ले लगायत अभिभाबकहरुको उपस्थिती रहेको थियो । भने सञ्चालन विद्यालयका शिक्षक सरोजराज बौद्धाचार्यले गरेका थिए भने शिक्षक हरीनारायण सापकोटाले नतिजा सार्वजनिक गरेका थिए । कक्षागत तथा विभिन्न विधामा सर्बाेत्कृष्ट हुने विद्यार्थीलाइ पुरस्कृत पनि गरीएको थियो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D