कृषी

गाउँपालिकाले किसानलाई मुर्रा भैंसी बाँड्यो, दुध निर्यात गर्ने योजना

ऋषि भुसाल
गुल्मी, असार १० । मदाने गाँउ कार्यपालीकाको चालु आर्थिक वर्षमा स्वीकृत कार्यक्रम अन्तर्गत गाई भैसीँपालन कार्यक्रम मार्फत गाउपालिका वार्ड नं. २ बाँझकटेरीमा शिद्धमालिका कृषी सहकारी संस्थाका किसानहरुलाई उन्नत जातका भैसीँ वितरण गरिएको छ ।

गाँउपालीकाको ६० प्रतिशत र कृषकहरुको ४० प्रतिशत लगानिमा हाल १३ वटा उन्नत जातका मुर्रा भैसीँ खरिद गरी हस्तान्तरण गरिएपछी कृषकहरु हर्षित भएका छन् ।

भैँसी हस्तान्तरण गर्दै गाउँपालिकाका अध्यक्ष दान बहादुर केसीले गाउँपालिका भित्रका किसानहरुलाई क्रमश निर्वाहमुखी परम्परागत कृषी कर्मबाट ब्यबसायिक कृषी तर्फ प्रोत्साहन गरी आयआर्जन र आत्मनिर्भर बनाउने योजना अनुसार उक्त कार्यक्रम ल्याईएको र आगामी बजेटमा पनि कृषि तथा पशुपालनलाई विषेश प्राथमिकतामा राख्ने बताए ।

उन्नत नश्लका भैँसीको आम्दानी स्थानियजातको भन्दा राम्रो हुने भएकाले अन्य कृषकहरुलाई पनि पशुपालनमा प्रेरणा मिलोस भनी गाउँपालिकाले हाल ३ वटा वडामा यो कार्यक्रम प्रतिनीधिमुलकरुपमा कार्यान्वयन गरीएको बताएको छ । आगामी वर्षहरुमा थप कार्यक्रम संचालन गरीने बताउँदै अध्यक्ष केसीले आगामी वर्षदेखि गाउँपालिकालाई दुधमा आत्मनिर्भर बनाई निर्यात समेत गर्ने योजना रहेको जानकारी गराए ।

पछिल्लो समयमा कृषि पेशा आमजनमानसमा निराशाजनक रहेको र कृषि पेशाबाट पलायन भई जिविको पार्जनकोलागि विदेशी मुलुकमा धाउनुपर्ने गाउँपालिकाबासीको बाध्यात्मक परिस्थितिलाई अन्त्य गरी युवालाई ब्यवसायिक बनाई आत्मनिर्भर वनाउने उद्देश्यका साथ उक्त कार्यक्रम बनाईएको गापा उपाध्यक्ष सरिता खड्काले बताइन् ।

कृषकहरुले गाउँपालिकाले कृषि तथा पशुपालनमा हौशला थपिदिएकोमा खुसि ब्यक्त गर्दै आफ्नो उत्पादनको उचित बजारीकरणको लागि पहल गरीदिन अनुरोध गरेका छन् ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D