समाज

गाउँको बिद्यालयलाई एक्लैले दिए १८ रोपनी जग्गा, अर्का दाताले पनि गरे १० लाख रुपैँया सहयोग

कमल पौडेल
गुल्मी, २९ माघ । नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालय मुसिकोट नगरपालिका वडा नं. २ मा संचालित धनधान्यान्चल महायज्ञ वाट झण्डै सवा करोड रकम संकलन भएको छ। स्थानिय रामचन्द्र घिमिरेले आज अन्तिम दिन १८ रोपनी जग्गा विद्यालयलाई दान गर्ने घोषणा गरेसंगै विद्यालयको आम्दानी सवाकरोड पुगेको हो ।

आर्थिक समितिले सो जग्गाको १८ लाखकै मुल्यांकन गरेको छ । यस अघि मुल समारोहका अध्यक्ष समेत रहनुभएका स्थानिय कृष्ण प्रसाद घिमिरेले १० लाख घोषणा गर्नुभएको थियो ।

१० लाख भन्दा माथि सहयोग गर्ने सहयोगदाताको विद्यालय परिसरमा अर्धकदको शालिक निर्माण गरिने विद्यालयले जनाएको छ । आज अन्तिम दिन पूर्व सांसद तथा नेपाली काग्रेसका नेता चन्द्र भण्डारी, नेपाली काँग्रेसका गुल्मी सचिव खिलध्वज पन्थी, नेकपा मुसिकोट नगरकमिटि संयोजक खुम वहादुर थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

विद्यालयमा प्राविधिक कृषि धार संचालन गर्ने भन्दै हिरक महोत्सवको अवसरमा धनधान्यान्चल यज्ञ मार्फत सो रकम संकलन गरिएको हो। यज्ञ ७ दिन सम्म संचालन भएको थियो । सो अवसरमा सहयोग गर्ने सवै सहयोगदाताहरुलाई सम्मान गरिएको छ ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D