छिमेकका समाचार

गल्कोट ३ का जनताहरुलाई अनलाइन सेवाको शुरुवात

कौरव खत्री
गुल्मी, १५ माघ । बागलुङको गलकोट नगरपालिकामा जनताहरुको थप सहजताका लागि प्रविधिमैत्री बनाएको छ । गलकोट नगरपालिकाको वडा नं. ३ मा मंगलवारदेखि राजश्व संकलन, जग्गाको तिरो लगायतका कामकाजहरुको अन्लाईन सेवाको शुरुवात गरिएको गलकोट नगरपालिकाको वडा नं. ३ का कार्यवाहक अध्यक्ष झहर बहादुर खत्रीले जानकारी दिए ।

साथै कार्यवाहक अध्यक्ष खत्रीले भने अव वडा कार्यालयका सबै दैनिक कामकाजहरुलाई प्रविधिमैत्री बनाउँदै लैजाने बताए । पहिलो दिन अर्थात मंगलवारबाट शुरुवात गरिएको अनलाइन मार्फत ४ जनाको राजश्व संकलन गरिएको र सेवाले स्थानीय जनताहरुलाई थप सहज सेवा प्रभावकारी हुने कार्यवाहक अध्यक्ष झहर बहादुर खत्रीले जानकारी दिए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D