gulminews logo
शुक्रबार, २०८० चैत्र १६

गज्जबको रोईला “गुल्मी” सार्वजनिक, जती सुन्यो उती सुनुँ सुनुँ लाग्ने (भिडियो सहित)

सन्जु काउछा
चैत्र ३ । गुल्मी जिल्लालाई चिनाउँदै लोक संगितमा थप योगदान दिने उद्देश्य सहित रोईला गीत “गुल्मी” सार्वजनिक भएको छ । लोकप्रिय गुल्मेली गायक दिपक परियारले सो गीत बजारमा ल्याएका हुन् । गीतको गत हप्ता एक कार्यक्रमका बिचमा प्रदेश नं ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बरालले सार्वजनिक गरे ।

शोभाखर पन्थ र दिपक परियारको रमाईलो रोईला गित “गुल्मी” आकाश दर्पण क्रियसनको आफ्नै युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो । गीतमा गायक दिपक परियार र स्वस्तिका पन्थीको आवाज रहेको छ भने शब्द प्रेम राज खरेल र दिपक परियारको रहेको छ । लय गायक स्वयं परियारको आफ्नै रहेको छ।

गीतमा अभिनय पुजा श्रेष्ठ, सुर्य खड्का, मन्जरी गौतम लगायतका कलाकारहरुको रहेको छ। शिब बिकको निर्देशन रहेको म्युजिक भिडियोमा बिजय पोख्ररेलले छायाँकन तथा रबिन बिक र रमेश रसाइलीले गितलाई सम्पादन गरेका हुन् ।

गीतमा जिल्लामा मुख्य मुख्य धार्मिक तथा पर्यटकियस्थलहरुको चर्चा गरिएको छ । त्यस्तै जिल्लाका मुख्य उत्पादन तथा गतिबिधिहरुलाई पनि गीतमा समेट्ने प्रयास गरिएको छ । यो आफ्नो पछील्लो गीत सार्वजनिक भएलगत्तै अत्यन्तै राम्रो प्रतिकृया आउँदा खुशी लागेको गायक पारीयारले बताए । आफ्नो गीतले जिल्लाको प्रचार प्रसार र स्थानिय उत्पादनको प्रवर्द्दन गर्न पक्कै टेवा पुराउनेछ भन्नेमा आफु आशावादी रहेको समेत परीयारले बताए ।

भिडियो हेर्नुहोस्:

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D