छिमेकका समाचार

क्यानोइङ्गले तान्यो गलकोट महोत्सवमा दर्शकको ध्यान

कौरव खत्री
गुल्मी, १४ कार्तिक । बाग्लुङ्गको गलकोटमा सञ्चालन भएकोे प्रथम गलकोट महोत्सवमा क्यानोइङ्ग प्रमुख आर्कषक बन्ने भएको छ ।

महोत्सवमा जिल्लाकै पहिलो गलकोट नगरपालिका ३ सहश्रधारामा रहेको ७८ मिटर अग्लो जल साहसिक खेल क्यानोइङ्ग यहि १७ गते र १८ गते खेलिने हुदा त्यसको प्रत्यक्ष अवलोकन गर्न आग्रह गदै महोत्सवले गर्दा क्यानोइङ्गको प्रचार प्रसारमा थप बल पु¥याउने र पछिल्लो समयमा आएर क्यानोइङ्ग खेलमा आन्तरिक पर्यटकहरुको आर्कषण समेत बढ्दो रहेको गलकोट नगरपालिका ३ बाग्लुङ्गका वडाअध्यक्ष विर जङ्ग भण्डारीले जानकारी दिए ।

साथै वडाअध्यक्ष भण्डारीले भने यतिबेला क्यानोइङ्गमा पूर्वाधार निर्माणको कार्य अगाडी बढिरहेको हुनाले त्यसका लागि गलकोट नगरपालिकाले आर्थिक सहयोग गरेको भण्डारीले बताए ।

२०७४ साल फाल्गुन र चैत्र महिना गरि २ पटक क्यानोइङ्गको सफल परीक्षण गरिसकिएको समेत गलकोट नगरपालिका ३ का वडाअध्यक्ष विर जङ्ग भण्डारीले जानकारी बताए ।

महोत्सवमा राखिएका विभिन्न स्टल तथा जाडोका न्यानो कपडा,झुला झुलापिङ्ग, टिकट,होटल व्यवसाय लगायतबाट गरि पाचौ दिनसम्म झण्डै ३५ लाख कारोवार भएको र दैनिक रुपमा कारोवार बढ्दो रहेको बाग्लुङ्ग उद्योग वाणिज्य संघ, गलकोट इकाईका अध्यक्ष विरेन्द्र श्रेष्ठले जानकारी दिए ।

महोत्सवमा आर्गनिक खाना,लोक संस्कृति तथा खेलकुद हेलिकप्टरबाट गलकोट क्षेत्रको दृश्य अवलोकन लगायत महोत्सवका मूख्य आकर्षण रहेको उद्योग वाणिज्य संघ, गलकोट इकाईका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

प्रथम गलकोट महोत्सव १० दिसम्म सञ्चालन हुने अर्थात १८ गतेसम्म सञ्चालन हुने महोत्सवमा ओझेल परेका कला संस्कृतिको संरक्षण र प्रर्वद्धन गदै गलकोट क्षेत्रको कला संस्कृतिको संरक्षण,कृषि,पर्यटन,उद्योग तथा व्यापारको प्रवद्र्धन र वृद्धि विकासमा थप बल पुग्ने इकाईका अध्यक्ष श्रेष्ठले बताए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D