gulminews logo
मंगलवार, २०७९ श्रावण २४

इस्मा गाउँपालिकाद्वारा ५० प्रतिशत अनुदानमा १६ मिनि टिलरसहित कृषि औजार वितरण

टोपलाल अर्याल
गुल्मी, ३० फागुन । इस्मा गाउँपालिकाले किसानहरुको लागि आधुनिक कृषी औजार वितरण गरेको छ । गाउँपालिकाको कृषीमा यान्त्रिकरण गर्ने उदेश्य अनुसार ५० प्रतिशत अनुदानमा आधुनिक कृषी औजार वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

इस्मा गाउँपालिकाले १६ वटा मिनि टिलर, आठ वटा कर्न सेलर, दुई वटा कोदो थ्रेसर र दुई वटा चाप कटर प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्र कान्त बस्नेतले बताए । दुई दिनसम्म कृषकहरुलाई मेसिनको उपयोगिताका बारेमा तालिम प्रदान गरेर उपकरण प्रदान गरिएको बस्नेतले बताए ।

गाउँपालिकाको ५० प्रतिशत अनुदानमा ९० हजार पर्ने मिनि टिलर, १४ हजार पर्ने कर्न सेलर, ८५ हजार पर्ने कोदो थे्रसर र ४० हजार पर्ने चाप कटर प्रदान गरिएको कृषि प्राविधिक यज्ञश्वर भारतीले बताए ।

गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले मिनि टिलर किसानहरुलाई प्रदान गरेका थिए । सुनभद्र बहुउद्देश्यीय कृषक समुहका सदस्य हरि प्रसाद पोखरेलले औजार प्रदान गरेर गाउँपालिकाले कृषकहरुलाई थप उत्साहित बनाएको बताए ।

यो पनि पढ्नुस्

सरकारदेखि जंगली जनावर र मनसुनबाट किसान पीडित, जिल्ला सभामा ध्यानाकर्षण गराउँदै स्थानीय सरकार प्रमुख

टोपलाल अर्यालगुल्मी, १६ असार । किसान मानो रोपेर मुरी फलाउने आशाका साथ खेतबारीमा व्यस्त छन्

चन्द्रकोट गाउँपालिकाद्धारा स्मार्ट कृषि कार्यक्रम अन्तर्गत कृषि सामाग्री वितरण

महेश बोहरागुल्मी, जेठ १३ । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले स्मार्ट कृषि कार्यक्रम अन्तर्गत कृषकहरुलाई कृषि

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D