छिमेकका समाचार

इस्मा गाउँपालिकाको दादुरा–रुवेला खोप अभियान

टोपलाल अर्याल
गुल्मी, १० फागुन । पूर्ण खोप दिगोपनको तथा दादुरा–रुवेला खोप अभियानको बारेमा इस्मा गाउँपालिकाको खोप समन्वय समितिले अन्तरक्रिया सम्पन्न गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा पाँचौं दादुरा–रुवेला खोप अभियान फागुन र चैत महिनामा सञ्चालन भइरहेको छ ।

सोहि अभियानलाई मध्येनजर गरेर इस्मा गाउँपालिका खोप समन्वय समितिले गाउँपालिकामा अन्तरक्रिया तथा छलफल गरेको हो । अन्तरक्रियामा गाउँपालिकामा खोपको अवस्था, खोपको महत्व, गाउँपालिकाभित्र खोपको सुक्ष्म योजना, दादुरा–रुवेला अभियानको औचित्य र संचालन प्रक्रियाका बारेमा छलफल गरिएको थियो । साथै अभियान सफल बनाउन योजना निर्माण गरि समितिबाट स्विकृत गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक पदम अधिकारीले बताए । कार्यक्रममा बोल्दै गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले सवै पक्षको सहयोग र समन्वयमा राष्ट्रिय खोप अभियान सफल बनाउन आग्रह गरे । अन्तरक्रियाको सहजीकरण स्वास्थ्य संयोजक अधिकारीले गरेका थिए ।

अन्तरक्रियामा गाउँपालिका उपाध्यक्ष बिमला खत्री, सवै वडाध्यक्षहरु, स्वास्थ्यचौकीका प्रमुख लगायतको उपस्थिती रहेको थियो । गुल्मीमा पहिलो चरणमा फागुन ६ गतेदेखि ं१४ गतेसम्म जिल्लाका रेसुङ्गा नगरपालिका, कालिगण्डकी, चन्द्रकोट, सत्यवती, रुरु क्षेत्र, छत्रकोट, गुल्मीदरवार गाउँपालिकाका बालबालिकालाई खोप लगाउने कार्यतालिका रहेको छ । त्यस्तै दोस्रो चरणमा फागुन १८ गते देखि २६ गते सम्म इस्मा गाउँपालिका, मुसिकोट नगरपालिका, मालिका, मदाने र धुर्कोट गाउँपालिकाका बालबालिकालाई खोप लगाइने दादुरा–रुवेला खोप अभियानका फोकल प्रर्सन पशुपति आचार्यले बताए । गुल्मीमा ९ महिनादेखि ५ वर्ष मुनिका २७ हजार बालबालिकालाई खोप लगाइने आचार्यले जानकारी दिए । गुल्मीका ९३ वटा वडामा ७ सय १६ वटा खोप केन्द्र छन् ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker