कोरोनासमाचार

आइसोलेसनमा उपचाररत गुल्मीका एक जनाको मृत्यु, रिपोर्ट आउन बाँकी

बुटवल, जेठ २६ । आइसोलेसनमा राखेर उपचार गराइरहेका गुल्मीका एक जनाको मृत्यु भएको छ । लुम्बिनी मेडिकल कलेज तानसेन पाल्पामा आइसोलेसन कक्षमा उपचाररत गुल्मी मालिका गाउँपालिकाका ६७ वर्षीय पुरुषको क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. राजु शाक्यले जानकारी दिए । उनमा श्वास फेर्न गाह्रो हुने, ज्वरो आउनेजस्ता समस्या देखिएपछि उपचारका लागि अस्पताल आएका थिए ।

अस्पतालले कोरोना भाइरसको संक्रमण भएको हुनसक्ने ठानेर आइसोलेसन कक्षमा उपचार गरिरहेको थियो । सोही क्रममा उनको मृत्यु भएको हो । उनको थ्रोट स्वाब संकलन गरी परीक्षणमा लगे पनि पिसिआर रिपाेर्ट आउन बाँकी छ । उनको स्वाब कोरोना परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा पठाइएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D