प्रवास

अमेरिकामा गोली लागेकी नेपाली चेली बचाउन अभियान

प्रेम सुनार
बुटवल १० । गत सोमवार अमेरिकामा अज्ञात लुटेराद्धारा अन्धाधुन्दा गोली हानेर गम्भीर घाईते भएकी नेपाली चेलीलाई बचाउन सामाजिक सञ्जाल मार्फत थुप्रै नेपालीहरुले अभियान छेडेका छन् । अमेरिकाको ओक्लोहमास्थित एक स्टोरमा लुटेराले अन्धधुन्ध गोली चलाउँदा नेपाली चेली रचना श्रेष्ठको शरिरमा आठवटा गोली लागेको थियो ।

गत सोमबार स्थानीय समयानुसार मध्यान्न सवा १२ बजे रचनालाई बड्डीज ह्यान्डी मार्ट नामक स्टोरमा एक लुटेराले गोली हानेका हुन् । उनको गाला, पिठ्युँ, पाखुरा, कम्मर, पेट र मुटुको तल्लो भागमा आठवटा गोली लागेको र उनको अवस्था अत्यन्त चिन्ताजनक रहेको उनका श्रीमान् कपिल श्रेष्ठले जानकारी दिएका छन् ।

आठवटा गोलीमध्ये पाँचवटा गोली निकालिएको कपिलले जानकारी दिएका छन् ।

रचनाको टल्सा स्थित सेन्ट फ्रान्सिस अस्पतालमा उपचार भइरहेको उनका श्रीमान् कपिलले जानकारी दिएका छन् । उनको उपचारका लागि कपिलले सहयोगको अपिलसमेत गरेका छन् । अहिलेसम्म उनलाई हजार बढिले सहयोग गरिसकेका छन् ।

रचना आफ्ना श्रीमान् र साढे दुई वर्षको छोरासहित ११ महिना अघि अमेरिका छिरेकी हुन् । उनीहरु ओक्लोहमाको अटोकामा बस्छन् ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D