कृषी

अग्लुङलाई समृद्ध बनाउन कृषि विशेष कार्यक्रम सन्चालन

रमेश विश्वकर्मा
गुल्मी, फागुन २७ । जिल्लाको मदाने गाउँपालिका वडा नं. १ अग्लुङ्गमा कृषि बिशेष कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम वडा कार्यालय अग्लुङ्गमा सम्पन्न भएको हो ।
कृषिबाटै गाउँपालिकालाई समृद्धि र नमूना गाउँपालिका बनाउन सकिने भएकोले कृषि सम्बन्धी विशेष कार्यक्रमहरु गाउँपालिकाले ७ वटै वडाहरुमा सञ्चालन गर्दै आएको छ ।

मदाने गाउँपालिका वडा नं. १ अग्लुङ्गमा कृषक समूहको टोल स्तरिय समूह गठन गर्ने, अग्लुङ्गलाई कृषिबाट नै आम परिवर्तन गर्ने, अग्लुङ्गलाई शुसासनयूक्त वडा कसरी बनाउन सकिन्छ भन्ने विषयमा विशेष छलफल गरिएको कृषि मुल समितीका अध्यक्ष राजेन्द्र बिष्टले जानकारी गराए ।

अग्लुङ्ग आलु पकेट क्षेत्र भएपनी थप अन्य नगदे बालिलाई विशेष जोड दिनुपर्ने बताईएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडाअध्यक्ष प्रेम चन्दले पूर्णरुपमा कृषिबाटै अग्लुङ्गको समृद्धि र विकास सम्भव भएको बताए । उनले भाषणमा मात्र नमूना र समृद्धि होईन, हामीले कृषि क्षेत्र राम्रो बनायौं भने अग्लुङ्गलाई नमूना, समृद्धि र विकासमा अगाडी बढाउन सक्छौ, भने ।

त्यस्तै आगामी दिनमा हुने कृषकका कार्यक्रमहरु प्रिषदबाटै छुट्याईने अग्लुङ्गको विकास, जनताको हक अधिकारलाई सुनिश्चित गर्नको लागि यो मूल कृषक समूहलाई अगाडी बढाउने, आफुले कृषक समूहलाई जुनसुकै बेला पनि सहयोग गर्न तयार भएको प्रतिबद्धता व्यक्त गरे । उक्त वडा स्तरिय कार्यक्रममा मदाने गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष प्रेम चन्दको प्रमुख आतिथ्यता रहेको थियो ।

कृषि प्राबिधिक दोमलाल भुसाल र मदाने गाउँपालिका कृषि मुल समितीका अध्यक्ष राजेन्द्र बिष्टको विशेष आतिथ्यता समितीका अध्यक्ष भगत चन्दको अध्यक्षता रहेको थियो । वडा मुलसमितीका उपाध्यक्ष रामबोली चन्दको स्वागत मन्तव्य तथा सचीव लोक बहादुर घर्तीले कार्यक्रमको सञ्चालन गरेका थिए ।
चैत २ गते पुन: बैठक बस्ने निर्णय सहित उक्त कार्यक्रम समापन भएको सचिव घर्तिले जानकारी दिए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D